- चिरफार डटकम, विराटनगर ३८१ पटक हेरिएको
सोमबार, भाद्र १८, २०८० समय : १७:०६:४२ , १ वर्ष अगाडि
कोशी प्रदेश राजधानी विराटनगरस्थित ग्लोबल आइएमई बैंकका विभिन्न पाँचवटा शाखाका महिला कर्मचारीहरुले तीज मनाएका छन् ।
विराटनगरस्थित विभिन्न शाखाका अधिकृत तथा विभिन्न तहका कर्मचारीले संयुक्त रुपमा शनिबार हरितालिका तीज मनाएका हुन् ।
विराटनगरस्थित जलजला मोड, ट्राफिक चौक, मेनरोड, तीनपैनी र कंचनबारी शाखाका कर्मचारीहरुले संयुक्त रुपमा तीज मनाएका हुन् ।व्यवसायिक कर्मसँगैको व्यवस्तताबाट केही फर्सद मिलाएर सांस्कृति पर्वको महत्व एकता र आपसी प्रेममा अझ झल्कने भएकोले संयुक्त कार्यक्रम गरी तीज मनाइएको ट्राफिक चौक शाखाकी अपरेस्नल इन्चार्ज (ओआई) मधु कोइरालाले बताइन ।
उनले भनिन्,“हरितालिका तीज नेपाली महिलाहरुको महान पर्व पनि हो । हामीले पर्वलाई आपसी भाइचाराको रुपमा अघि बढाउने उद्देश्यले एकसाथ मनाएका हौं ।” केही समय अघिमात्र बैंक अफ काठमाडौलाई गाभेर चुक्ता पूँजीका आधारमा ग्लोबल आइएमई देशकै सबैभन्दा ठूलो बैंक बनेको थियो । बैंकको कोसी प्रदेशस्थित सबै जिल्लामा शाखा कार्यालय रहेका छन् ।