५ देखि ७ लाख धर्मालम्बिहरु श्रीराधाकृष्ण रथयात्रामा सहभागिता जनाउछन्–

कैलाश रेग्मी अध्यक्ष, श्रीराधाकृष्ण रथयात्रा आयोजक समिति

  • ब्रह्मदेव यादव, विराटनगर ५०३  पटक हेरिएको

सोमबार, भाद्र १८, २०८० समय : १७:००:०९ , १ वर्ष अगाडि

  • रथयात्राको तयारी कहाँसम्म पुगेको छ ?
    ५५औं संस्करणको श्रीराधाकृष्ण रथयात्राको तयारी अन्तिम चरणमा पुगेको छ । भारतबाट आएका कारीगरहरुले रथलाई रंगरोगन गर्नेदेखि श्रृगांर गर्नेसम्मको काम चलिरहेको छ । रथयात्राको बाँकी सबै तयारी पुरा भई सकेको छ । भाद्र २१ गते बिहीबार दिनको १ः०० बजे विराटनगर–१ पानीटंकीस्थित श्रीराधाकृष्ण मन्दिर अगाडीको सडकमा रथ राखिने छ ।
  • यस वर्षको रथयात्रामा कति धर्मालम्बिहरु सहभागिता जनाउने आकलन गर्नु भएको छ ?
    यस वर्षको श्रीराधाकृष्ण रथयात्रा भव्य र सभ्य रुपमा सम्पन्न हुने आयोजक समितिले आकलन गरेको छ । नेपाल र भारतका मेयरहरु रथयात्रामा सहभागिता जनाउने भएकोले धर्मालम्बिहरुको संख्या बढ्ने अनुमान गरेको छु । ५ देखि ७ लाख धर्मालम्बिहरु रथयात्रामा सहभागिता जनाउने आकलन गरेको छु । सोही संख्यालाई मध्यनजर गरेर तयारी थालिएको छु ।
  • ५५आौं संस्करणको रथयात्रामा नेपाल र भारतका मेयरलाई सहभागिता जनाउने तयारी कहाँसम्म पुगेको छ ?
    ५५औं संस्करणको श्रीराधाकृष्ण रथयात्रालाई अन्तर्राष्ट्रिय जगतमा पुर्‍याउने लक्ष्यका साथ हामी अगाडी बढेका छौ । यस वर्षको रथयात्रामा नेपालका २४ र भारतका ७ गरी ३२ भन्दा बढि स्थानिय तहका मेयर र उपमेयरहरुलाई सहभागिता गराउने कार्यक्रम छ । यसको संयोजन विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले गरिरहेको छ । नेपालका २४ महानगर, उपमाहानगर र नगरपालिकाका मेयरलाई रथयात्रामा सहभागिता जनाउन निम्तो गरिएको छ । नेपाल सँगै छिमेकी देश भारतका ७ जना मेयरलाई रथयात्रामा सहभागिता गराउने निम्तो गरिएको छ । निम्तो गरिएको सबै मेयर विराटनगरको ऐतिहासिक रथयात्रामा सहभागिता जनाउने टुंगो लागेको छ । विराटनगरको श्रीराधाकृष्ण रथयात्राको प्रचारप्रसार अन्तर्राष्ट्रिय जगतमा हुने भएकोले रथयात्रा आयोजक समिति र विराटनगर वासीका लागि ठुलो उपलब्धिका रुपमा लिएका छौं ।
  • रथयात्राको उद्घाटन कोबाट गराउने कार्यक्रम छ ?
    नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बुले प्रमुख अतिथिको रुपमा रथयात्राको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालासहित नेपाल र भारतका मेयरहरु अतिथिको रुपमा रथयात्राको उद्घाटन गरेसँगै रथयात्रामा सहभागिता जनाउने कार्यक्रम रहेको छ ।
  • रथयात्रामा विशिष्ट व्यक्तिहरुको सहभागिता हुने भएकोले सुरक्षा व्यवस्थाको व्यवस्थापन कसरी गर्ने तयारी गरिरहनु भएको छ ?
    रथयात्रामा सहभागिता जनाउने अतिथिहरुको सुरक्षालाई ध्यानमा राखेर सुरक्षा व्यवस्थालाई व्यवस्थापन गर्ने तयारीमा जुटेका छौं । हामीले ५०१ जनाको रथयात्रा मुलसमारोह समिति गठन गरेका छौं । विभिन्न श्रेणीमा गठन गरिएको स्यमसेवकहरुले सुरक्षा निकायसँग सहकार्य गरेर सुरक्षा व्यवस्था चुस्त र दुरुस्त बनाउने जिम्मेवारीका साथ काम गरिरहेका छन् ।
  • रथयात्रा कतिबजे निस्कन्छ ?
    भाद्र २१ गते बिहीबार ३ः३० बजे रथयात्रा निस्कन्छ । विराटनगरको तीनपैनी चोक, ट्राफिक चोक, रोडशेष चोक भएर बरगाछी चोक हुँदै करिब ६ घण्टाको यात्रापछि रथ पुनः श्रीराधाकृष्ण मन्दिर परिसरमा पुगेर समापन हुनेछ ।