“सरकारले गरेको राम्रो कामको माओवादीले प्रचार गर्ने”

  • चिरफार डटकम, विराटनगर २८०  पटक हेरिएको

आइतबार, भाद्र १७, २०८० समय : १६:१०:३५ , १ वर्ष अगाडि

नेपाल सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले राम्रो कामको प्रचार गर्ने गरी विशेष अभियान थालेका छन् । माओवादीले भाद्र १५ गतेदेखि ३ महिनासम्म देशभरीकै सबै वडामा अभियान थाल्ने गरी कार्यतालिका सार्वजनिक गरेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेपाल सरकारको नेतृत्व गरिरहेका छन् । सरकारमा सहभागि संस्कृत, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँतीले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरेर सरकारले गरेको राम्रो कामको प्रचार प्रसार गर्ने अभियान थालिएको बताए ।

सरकारले पछिल्लो समय मिटर ब्याजी भुटानी शरणार्थी, ललिता निवास जग्गा प्रकरण, सुन तस्करी काण्ड लगायत चर्चित काण्डमा संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिएर कारवाही गरिरहेको मन्त्री किराँतीले बताए । प्रेस सेन्टर नेपालका केन्द्रिय उपाध्यक्ष विवेक गौतम कोशी प्रदेश अध्यक्ष विनोद घिमिरे र मोरङ अध्यक्ष अर्जुन आचार्य मन्त्री किराँतीको पत्रकार सम्मेलनमा सहभागि थिए ।