संजय तेली कल्याण समाज विराटनगरको अध्यक्ष

  • चिरफार डटकम, विराटनगर १६८१  पटक हेरिएको

आइतबार, भाद्र १७, २०८० समय : १६:०९:१९ , १ वर्ष अगाडि

संजयकुमार साह, तेली कल्याण समाज नेपाल विराटनगरको अध्यक्ष पदमा निर्वाचित भएका छन् । समाजको शनिबार विराटनगरमा सम्पन्न प्रथम अधिवेशनले संजय कुमार साहलाई सर्वसम्मत अध्यक्ष चयन भएको हो ।

नन्दगोपाल साह उपाध्यक्ष, जगतलाल साह सचिव, श्रृजनाकुमारी साह सहसचिव र सरिताकुमारी साह कोषाध्यक्ष चयन भएका छन् । चन्दकिशोर साह, संजिवकुमार साह, ललितकुमार साह, कमल साह, गंगाप्रसाद साह, मनिता साह र रेणुकुमारी साह सदस्य पदको जिम्मेवारी पाएका छन् ।