बालेन आउँन लागेपछि विराटनगरको सडक सफाइ सुरु

  • ब्रह्मदेव यादव, विराटनगर ५२०  पटक हेरिएको

मंगलबार, भाद्र १२, २०८० समय : १७:०३:४९ , १ वर्ष अगाडि

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह विराटगनर आउन लागेपछि विराटनगर महानगरपालिकाले सडक पेटिको सरसफाई सुरु गरेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह भाद्र २१ गते विहीबार विराटनगरमा निस्कन लागेको श्रीराधाकृष्ण रथयात्रामा सहभागिता जनाउने कार्यक्रम तय गरिएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह सहित नेपालका २४ नगरपालिका र भारतका ७ सहरका मेयर रथयात्रामा सहभागिता जनाउने कार्यक्रम छ । उनीहरुले विराटनगर–१, तीनपैनी स्थित श्रीराधाकृष्ण मन्दिरबाट निस्कने रथयात्रामा सहभागिता जनाउने छ । केही बेर उनीहरु रथयात्रा संगै हिड्ने र त्यसपछि विराटनगरको रोडशेष चौकस्थित एक होटलबाट रथ यात्राको झाँकी अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

नेपाल सहित भारतका मेयरलाई विराटनगर सफा र सौन्दर्य सहर रहेको सन्देश प्रवाह गर्न विराटनगर महानगरपालिकाले सडक पेटिको सरसफाई सुरु गरेको हो । विराटनगरका मुख्यदेखि सहायक सडक मार्गको सडक पेटिको तिब्र गतिमा सरसफाई भई रहेको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले श्रीराधा कृष्ण रथयात्रा विराटनगरको पहिचान भएकोले त्यसलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन बालेनलाई विराटनगर ल्याउन लागेको बताए ।