- चिरफार डटकम, विराटनगर ८८४ पटक हेरिएको
आइतबार, भाद्र १०, २०८० समय : १६:३१:३९ , १ वर्ष अगाडि
मारवाडी सेवा समिति विराटनगरका निवर्तमान अध्यक्ष तथा उद्योगी एवं समाजसेवी मोहनलाल शर्माले शमशानघाट अध्यक्ष पदबाट राजिनामा दिएका छन् । विराटनगर–७ हाटखोला स्थित शमशानघाट अध्यक्ष पद परिवर्तनको विषयमा व्यापक विवाद श्रृजना भएपछि शर्माले अध्यक्ष पदबाट राजीनामा दिएको हो ।
मारवाडी सेवा समिति विराटनगरका पदाधिकारीहरुको बैठकले शर्माको अध्यक्षतामा ५१ सदस्यीय शमशानघाट समिति गठन गरेका थिए । गठित समितिप्रति व्यापक विवाद श्रृजना भएको अवस्थामा आफु अध्यक्ष पदमा बसेर काम गर्न नसक्ने भएकोले राजिनामा दिएको छु । शर्माले चिरफार डटकमलाई पठाएको राजिनामा पत्रमा राजीनामा दिने बारे विवरण उल्लेख गरिएको छ ।
उद्योगी तथा समाजसेवी बेनी गोपाल मुन्दडा लामो समयदेखि शमशानघाटको अध्यक्ष पदमा बसेर काम गरिरहेको व्यक्ति हुन् । तर मारवाडी सेवा समिति विराटनगरका पदाधिकारीहरुले मुन्दडालाई थाहा नै नदिईकन शर्माको अध्यक्षतामा शमशानघाट समिति गठन गरेपछि विवाद उत्कर्षमा पुगेको छ । जुन विवादलाई थेग्न नसकेर शर्माले राजीनामा दिएको हो ।