- चिरफार डटकम, विराटनगर ४८८ पटक हेरिएको
आइतबार, भाद्र १०, २०८० समय : १६:३१:०० , १ वर्ष अगाडि
युवा व्यवसायी राजेश अग्रवाल मोरङ इलेक्ट्रिक संघको अध्यक्ष पदमा निर्वाचित भएका छन् । संघको शनिबार विराटनगरमा सम्पन्न १४औं वार्षिक साधारण सभा तथा ७औं अधिवेशनलबाट अत्याधिक मत प्राप्त गरेर राजेश अग्रवाल अध्यक्ष पदमा निर्वाचित भएको हो । संघको अध्यक्ष पदकालागि मात्रै निर्वाचन भएको थियो । बाँकी पद सहमतिमै टुङ्गाईएको थियो ।
राजेश अग्रवाल र उकेश अग्रवाल अध्यक्ष पदका लागि उम्मेदवारी दिएका थिए । ६९ मत प्राप्त गरेर राजेश अग्रवाल अध्यक्ष पदमा सान्दार जित हासिल गरे । ३२ मत प्राप्त गरेर उकेश अग्रवाल अध्यक्ष पदमा पराजित भए । संघको प्रथम उपाध्यक्षमा कैलाश विश्वास, द्वितीय उपाध्यक्षमा विनिता दाहाल, महासचिवमा ज्ञानराज निरौला, सचिवमा राजन घिमिरे र कोषाध्यक्षमा बिमल बुढाथोकी निर्वाचित भए । गौरव बंग, काशिन्द्रप्रसाद गुप्ता, मनिष मित्तल, दिपककुमार जोशी, चन्दनकुमार रौनियार, अविन पोखरेल, बासुदेव घिरिमे र नविन खनाल संघको कार्यसमिति सदस्यमा निर्वाचित भएका थिए ।