प्रचण्डका ज्वाई आचार्य प्रदेश सरकारका मन्त्री

मुख्यमन्त्री कार्कीको सरकारमा माओवादीका दुई मन्त्री

  • ... १२८८  पटक हेरिएको

शुक्रबार, पुष २९, २०७९ समय : १२:३४:४० , २ वर्ष अगाडि

  • ब्रह्ममदेव , विराटनगर

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालका ज्वाई जीवन आचार्य प्रदेश नं. १ सरकारका मन्त्री नियुक्त भएका छन् । आचार्य प्रचण्डका आफ्नै सहोदर छोरी ज्वाई हुन् । विराटनगर घर भएका आचार्य मोरङ क्षेत्र नं. ६ को २ प्रदेशसभाबाट निर्वाचित सांसद हुन् ।

प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार दोस्रो पटक मन्त्रीमण्डल विस्तार गर्दा आचार्य मन्त्री बनेका हुन् । आचार्यलाई प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास जस्तो महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सुम्पिने प्रदेश सरकारले तयारी गरेको छ । शुक्रबार मन्त्री पदको सपथ ग्रहण संगै आचार्यले आफु विकासे अड्डाको मन्त्रालय सम्हाल्ने उदघोष गरेका छन् ।

मुख्यमन्त्री कार्कीको सिफारीसमा नियुक्त मन्त्री आचार्यलाई प्रदेश नं. १ का प्रदेश प्रमुख पर्शुराम खापुङले शुक्रबार मन्त्री पदको सपथ ग्रहण गराए । आयार्य संगै माओवादी केन्द्रका दुर्गाप्रसाद चापागाईंले मन्त्री पदको सपथ लिएका छन् । नेकपा एमालेको तर्फबाट शुक्रबार नै बुद्धिकुमार राजभण्डारीले मन्त्री पदको सपथ लिए ।

मंसिर २४ गते आइतबार प्रदेश प्रमुख खापुङले सत्ताघटक ४ दलिय संसदिय दलका नेताको सिफारीसमा एमाले संसदिय दलका नेता कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । मुख्यमन्त्री कार्कीलाई ९३ सदस्य प्रदेशसभामा ६० सांसदको समर्थन छ । सोमबार कार्कीले मुख्यमन्त्री पदको सपथ लिएर एमालेबाट तिलकुमार म्याङबो, राप्रपाबाट भक्तिप्रसाद सिटौला र जसपा नेपालबाट निर्मला लिम्बुलाई मन्त्री बनाएका थिए ।

सरकारको नेतृत्व आलोपालो हुनुपर्ने माँग गर्दै माओवादी केन्द्र मुख्यमन्त्री कार्की नेतृत्वको सरकारमा सहभागी भएन । १ नं. प्रदेश सरकारको नेतृत्व आलोपालो नभएसम्म सरकारमा सहभागी नहुने अडानमा रहेको माओवादी केन्द्रको १ नं. प्रदेश संसदिय दलले शुक्रबार २ जना प्रदेश सांसदलाई मन्त्री बनाउने निर्णय गरेका थिए ।
माओवादी केन्द्रका अझै १ जना मुख्यमन्त्री कार्की नेतृत्वको सरकारमा सहभागी हुनेछन् । जसको टुङ्गो पार्टीले लगाउन बाँकी छ ।

मुख्यमन्त्री कार्की नेतृत्वको सरकारमा मुख्यमन्त्री सहित मन्त्रीको संख्या ७ पुगको छ । सरकारमा सहभागी ६ जना मन्त्री बिना विभाग्य रहेको छन् ।
सरकारमा सहभागी हुने सबै दलका मन्त्रीहरु नियुक्त भइसकेपछि मात्रै मन्त्रीलाई विभाग्य मन्त्रीको जिम्मेवारी तोक्ने मुख्यमन्त्री कार्कीको तयारी छ ।