- चिरफार डटकम, विराटनगर ७०९ पटक हेरिएको
शुक्रबार, भाद्र ०८, २०८० समय : १५:०१:०४ , १ वर्ष अगाडि
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले कारवाही गरेका तीन प्रहरी शक्ति केन्द्रको दवाबमा पुनः काममा फर्किएका छन् । नेपाल प्रहरीको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआईजी राजेशनाथ बास्तोलाले अबैध असुलीको आरोपमा कारवाही गरेर तालिममा पठाएका तीन प्रहरी शक्ति केन्द्रको दवाबमा तालिम छोडेर पुनः काममा फर्किएका छन् ।
प्रहरी प्रधान कार्यालयमा कार्यरत उच्च ओहदामा बसेका प्रहरी अधिकारीको दवाबमा डिआईजी बास्तोलाले तालिममा रहेका प्रहरीलाई पुनः तालिम बाहिर निकालेर काममा पठाएका छन् । डिआईजी बास्तोलाले मोरङका उत्तम कार्की र सरोज श्रेष्ठलाई कारवाही गरेर तालिममा पठाएका थिए । तालिममा गएको दिन भित्रै तीन प्रहरी शक्ति केन्द्रको दवाबमा पुनः पुरानै दरबन्दीमा फर्किएको प्रहरी निकट समाचार सुत्रले जानकारी गराएका छन् । यस विषयमा कोशी प्रदेश प्रहरी प्रमुख बास्तोला केही बोल्न मानेनन् ।