- चिरफार डटकम, विराटनगर ३७५ पटक हेरिएको
आइतबार, भाद्र ०३, २०८० समय : १६:४२:०८ , १ वर्ष अगाडि
विराटनगरका पर्यटन व्यवसायी पुण्य भट्टराई नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) को कोशी प्रदेश अध्यक्ष चयन भएका छन् । नाट्टाको शनिबार विराटनगरमा सम्पन्न ११औं वार्षिक साधारण सभा तथा सातौं कोशी प्रदेश अधिवेशनले भट्टराईलाई सर्वसम्वत् अध्यक्ष चयन गरेको हो । अध्यक्ष भट्टराई विराटनगरको एयरपोट मोडमा संचालित होटल एसियाटिकका सञ्चालक हुन् ।
अधिवेशनले वरिष्ठ उपाध्यक्षमा शेखर ढकाल, उपाध्यक्षमा सजीत तामाङ, महासचिव नवराज खरेल, सचिवमा जीवन पराजुली र कोषाध्यक्षमा सुरेन्द्र पौडेल चयन भएका छन् । मोहन सिलवाल, धर्म शिवाकोटी, गौरव श्रेष्ठ र गोपाल खड्कालाई कार्यसमिति सदस्य पदको जिम्मेवारी प्रदान गरिएको छ । भविषकुमार श्रेष्ठ र उदयबहादुर कार्कीलाई सल्लाहकार समितिको उच्च स्थानमा राखिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले अधिवेशनको उद्घाटन गर्नु भएको थियो ।