- ब्रह्मदेव यादव, विराटनगर ६९० पटक हेरिएको
बुधबार, साउन ३१, २०८० समय : १३:३२:३६ , १ वर्ष अगाडि
नेपाल सरकारले २ हजार १ सय ३० रुपैयाँ मजदुरको तलव बढाउने तयारी गरेको छ । २०८० साउन १ गतेदेखि मजदुरको तलव वृद्धि हुनुपर्ने माग गर्दै मजदुर ट्रेड यूनियनहरु आन्दोलित छन् । नेपालको संविधान २०७२ मा प्रत्येक दुई दुई वर्षमा मजदुरको तलव बढाउनु पर्ने कानुनी व्यवस्था गरेबमोजिम मजदुरको तलव वृद्धि हुन लागेको हो ।
नेपाल राष्ट्रिय बैंकले २ वर्ष यता १४.२ प्रतिशतले महगी बढेको सार्वजनिक गरेको तथ्याङ्कलाई आधार बनाएर सरकारले मजदुरको तलव वृद्धि गर्न लागेको हो ।
न्यूनतम १५ हजार रुपैयाँ तलव पाईरहेका मजदुरले २०८० साउनदेखि १७ हजार १ सय ३० रुपैयाँ तलव पाउने छन् । नेपाल सरकारले २ हजार १ सय ३० रुपैयाँ मजदुरको तलव वृद्धि गर्न लागेको निर्णय प्रति नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले असहमति जनाएको छ । चरम आर्थिक मन्दिबाट गुज्रिरहेको नीजि क्षेत्र वृद्धि हुन लागेको मजदुरको तलव भुक्तानी गर्न सक्ने अवस्था नरहेकोले नेपाल उद्योग वाणिज्य महासंघले असहमती जनाएको छ ।
प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपाल निकट टे«ड यूनियनहरुले एकैपटक १५ हजारबाट २६ हजार रुपैयाँ मजदुरको तलव बढाउनु पर्ने माग गर्दै चरणबद्ध आन्दोलनरत छ । तर सरकारले ट्रेड यूनियन र उद्योगी सँग वृहत रुपमा छलफल नै नगरीकन नेपाल राष्ट्र बैंकले जारी गरेको महगी सूचाङ्कलाई आधार बनाएर मजदुरको तलव वृद्धि गर्न लागेको हो । साउन १ गतेदेखि मजदुरलाई तलव खुवाउनु पर्ने भएकोले बुधबार वा बिहीबार भित्र सरकारले मजदुरको तलव वृद्धिको घोषणा गर्दैछ ।