मन्त्री लिम्बुको स्वागत

  • चिरफार डटकम, विराटनगर ७८५  पटक हेरिएको

आइतबार, साउन २८, २०८० समय : १५:११:३० , १ वर्ष अगाडि

जनता समाजवादी पार्टी नेपालले कोशी प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुलाई शनिबार विराटनगरमा स्वागत र सम्मान गरेको छ । जनता समाजवादी पार्टी नेपाल विराटनगर महानगर समितिका उपाध्यक्ष मो. नसरुल सहितका नेताहरुले शनिबार विराटनगर स्थित मोरङ जिल्ला पार्टी कार्यालयमा भव्य कार्यक्रम आयोजना गरेर मन्त्री लिम्बुलाई स्वागत र सम्मान गरेको हो ।

लिम्बु दोस्रो पटक कोशी प्रदेश सरकारमा स्वास्थ्यमन्त्री सम्हाल्नु भएको छ । मन्त्री लिम्बुको आगामी कार्यकाल सफलतापूर्वक वितोस भन्ने उद्देश्यका साथ मन्त्री लिम्बुको आफ्नै पार्टी जनता समाजवादी पार्टी नेपालले स्वागत र सम्मान गरेको हो ।

जनता समाजवादी पार्टी नेपाल विराटनगर महानगर समितिका उपाध्यक्ष मो. नसरुलले २०६२/०६३ को मधेस विद्रोहपछि भएको पहिलो संविधान सभाको निर्वाचतमा पार्टीले मोरङ जिल्लाबाट ४ सिट जितेको भएपनि यतिखेर पार्टी नाजुक अवस्थाबाट गुज्री रहेकोले आगामी निर्वाचनमा ३ तहकै सरकारमा सान्दार जित निकाल्न पार्टीको कमाण्ड सम्हाल्नु पर्ने मन्त्री लिम्बुलाई आग्रह गरे । मन्त्री लिम्बु जसपा नेपाल कोशी प्रदेश समितिका सह इन्चार्ज रहेका छन् ।