जसपा नेपालका निर्मला तावा लिम्बुले तत्कालीन १ नं. प्रदेशको स्वास्थ्य मन्त्रीको रुपमा लिइन सपथ

  • ब्रह्मदेव यादव, विराटनगर ८३४  पटक हेरिएको

शुक्रबार, साउन २६, २०८० समय : १७:१३:१७ , १ वर्ष अगाडि

जनता समाजवादी पार्टी नेपालका कोशी प्रदेश सांसद निर्मला तावा लिम्बुले शुक्रबार तत्कालीन १ नं. प्रदेशको स्वास्थ्य मन्त्रीको रुपमा सपथ लिएकी छिन् । कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले शुक्रबार मन्त्री परिषदको विस्तार गर्दा जसपा नेपालका लिम्बुले कोशी प्रदेश नभई तत्कालीन १ नं. प्रदेशको स्वास्थ्य मन्त्रीको रुपमा सपथ लिइन ।

कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले सपथ ग्रहण गराउँदा एक पटक कोशी प्रदेशको स्वास्थ्य मन्त्रीको रुपमा सपथ ग्रहण गरिन । तर उनले दोहोराएर तत्कालीन १ नं. प्रदेशको स्वास्थ्य मन्त्रीको रुपमा सपथ ग्रहण गरिन । जुन सपथ ग्रहण लिन जनता समाजवादी पार्टी नेपालको कोटाबाट कोशी प्रदेश प्रमुख रहेका पर्शुराम खापुङ र कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले अनुमती प्रदान गरे । सपथ ग्रहण समारोहमा उच्च अदालत विराटनगरका मुख्य न्यायधिस सत्यमोहन जोशी थारु र कोशी प्रदेश सभाका उपसभामुख तथा कायममुकायम सभामुख श्रृजना दनुवारको उपस्थिति रहेको थियो ।

एक पटक कोशी प्रदेशको स्वास्थ्य मन्त्रीको रुपमा सपथ लिइसकेपछि मन्त्री लिम्बुले सपथ ग्रहण समारोहमा भनिनः म दोहोराएर तत्कालीन १ नं. प्रदेशको स्वास्थ्य मन्त्रीको रुपमा सपथ लिन चाहन्छु । अनुमती दिनु पर्‍यो । केहीबेर सपथ ग्रहण समारोह हलमा संनाटा उत्पन्न भयो । तर मुख्यमन्त्री थापा सँग ९३ सदस्य कोशी प्रदेश सभामा बहुमत सिद्ध गर्न आवश्यक ४७ सांसदको आवश्यकता परेकोले बाध्यतावस लिम्बुलाई तत्कालीन १ नं. प्रदेशकै स्वास्थ्य मन्त्रीको रुपमा सपथ ग्रहण गराइन । जुन काम संविधान विपरित छ ।

२०७९ चैत्र १७ गते तत्कालीन १ नं. प्रदेश सभाको बैठकले १ नं. प्रदेशलाई कोशी प्रदेशमा रुपान्तरण गरेको थियो । कोशी प्रदेश नामाकरण विरुद्ध आदिवासी जनजाती सहित जसपा नेपाल असन्तुष्ट छ । जसको कारण पूर्व कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारबाट जसपा नेपाल फिर्ता भएको थियो ।

जसपा नेपालको तर्फबाट कोशी प्रदेश सरकारमा स्वास्थ्य मन्त्री रहेका लिम्बुले पार्टीको दवावमा राजिनामा दिएका थिइन । तर कोशी प्रदेशका मुख्यमन्त्री थापाले शुक्रबार नै पत्रकार सम्मेलन गरेर कोशी प्रदेश नामाकरण विरुद्ध असन्तुष्ट आन्दोलनकारी पक्षको मागलाई सम्बोधन गर्ने लिखित प्रतिवद्धता व्यक्त गरेपछि जसपा नेपाल पुनः कोशी प्रदेश सरकारमा सहभागिता जनाएको हो । र जसपा नेपालको तर्फबाट लिम्बुले दोस्रो पटक स्वास्थ्य मन्त्रीको रुपमा सपथ ग्रहण लिएकी छिन् ।

कोशी प्रदेश सभामा नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकिकृत समाजवादीका ४ र जनता समाजवादी पार्टी नेपालका १ गरी ४७ सांसद छन् । जुन कोशी प्रदेश सभालाई चाहिने आवश्यक बहुमत हो ।