- चिरफार डटकम, विराटनगर ५०९ पटक हेरिएको
मंगलबार, साउन २३, २०८० समय : १८:५०:३८ , १ वर्ष अगाडि
जैन धर्मगुरु डा. ज्ञानेन्द्र मुनि र सुबोध मुनिको आतिथ्यमा विराटनगरमा सोमबारदेखि ५ दिने पारिवारीक कार्यशाला सुरु भएको छ । तेरापंथ युवक परिषद् विराटनगरले ५ दिने पारिवारीक कार्यशालाको आयोजना गरेको हो । विराटनगरस्थित तेरापंथ भवनमा प्रत्येक दिन राती ७ः४५ देखि ९ः०० बजेसम्म पारिवारीक कार्यशाला सञ्चालन भई रहेका छन् ।
पारिवारीक कार्यशालालाई सफलतापूर्वक सञ्चालन गर्न हेमेन्द्र जैनलाई संयोजकको जिम्मेवारी सुम्पिएको छ । पछिल्लो समय मोबाइलको बढ्दो प्रयोगले पारिवारीक सम्बन्ध टाढिदै गएको विषयलाई उठान गरेर जैन धर्म गुरुले प्रवचन दिई रहेका छन् । तेरापंथ युवक परिषद् विराटनगरका अध्यक्ष मोहित लालवानीले जैन धर्मगुरु डा. ज्ञानेन्द्र मुनि र सुबोध मुनिको प्रवचत सुन्न विराटनगरका जैन समाजका व्यक्तिहरुको उल्लेखनिय संख्यामा सहभागिता हुने गरेको बताए ।