विराटनगरका रेष्टुरेन्टमा कार्यरत महिला कामदार दुव्यसनी

  • चिरफार डटकम, विराटनगर ९१६  पटक हेरिएको

सोमबार, साउन २२, २०८० समय : १६:२९:५३ , १ वर्ष अगाडि

विराटनगरका होटल तथा रेष्टुरेन्टमा कार्यरत महिला कामदार दुव्यसनीमा संलग्न रहेको तथ्य बाहिरीएको छ । नेपाल प्रहरीको लागुऔषध व्यूरो, जिल्ला प्रहरी कार्यालय मोरङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले नेपाल भारतको सिमान्त क्षेत्र रानी नाकामा संचालन गरिरहेको लागुपदार्थ सेवन नियन्त्रण अभियानको क्रममा महिलाहरु दुव्यसनीमा संलग्न रहेको तथ्य बाहिरिएको हो ।

इलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरिक्षक प्रकाश रेग्मीले प्रत्येक दिन सिमान्त क्षेत्र जोगबनीबाट लागुपदार्थ सेवन गरेर फर्कने पुरुष संगै महिलाको संख्या बाक्लै रहेको र ती महिलाहरु विराटनगरको होटल तथा रेष्टुरेन्टमा कार्यरत रहेको जानकारी गराए । होटल तथा रेष्टुरेन्टमा कार्यरत महिलाहरु सुरुमा पर्याप्त मात्रामा मादक पदार्थ सेवन गर्ने र त्यसले नशा दिन छोडेपछि अन्तिम समयमा लागु पदार्थ सेवनको बाटो रोजेको प्रहरी निकट समाचार सुत्रले जानकारी गराएको छ ।