- ब्रह्मदेव यादव, विराटनगर ९९८ पटक हेरिएको
आइतबार, साउन २१, २०८० समय : १७:०७:०५ , १ वर्ष अगाडि
भारत सरकारले जोगबनी नाकामा उच्चसतर्कता अपनाएको छ । भारत स्वतन्त्र भएको अवसर पारेर २०८० साल साउन ३० गते मंगलबार अर्थात १५ अगस्त २०२३ का दिन मनाउन लागेको भव्य कार्यक्रमलाई लक्षित गरेर भारत सरकारले जोगबनी नाकामा उच्चसतर्कता अपनाएको हो । १५ अगस्तको दिन आतंककारीहरुले भारतको विभिन्न सहरमा एकसाथ सांघातिक आक्रमण गर्ने चेतावनी दिएकोले देश र जनतालाई सुरक्षित राख्न भारत सरकारले नेपालसँग सिमाना जोडिएको नाकाहरुमा उच्चसर्तकता अपनाएको हो ।
केही दिन अगाडी बिहारको राजधानी पटनामा पाकिस्तानी र बंगलादेशी नागरिक पक्राउ परेका थिए । र पक्राउ परेका व्यक्तिले आफुहरु जोगबनी नाकाहुँदै भारत आएको बयान दिएपछि भारत सरकारले जोगबनी नाकामा उच्च सतर्कता अपनाएको हो । जोगबनी नाकाभएर भारत र नेपाल आवत जावत गर्ने जोकोहीको हकमा एकसातादेखि व्यक्तिको परिचय खुल्ने परिचयपत्र अनिवार्य गरिएको छ । शंखास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर भारतीय सुरक्षाकर्मीले खानतलासी गरिरहेका छन् ।
बंगलादेशी र पाकिस्तानी नागरिक भएको पुष्टि भएमा भारतीय सुरक्षाकर्मीले थप अनुसन्धानकालागि नियन्त्रणमा लिइ रहेका छन् । नेपालबाट प्रत्येक दिन किनमेलका लागि जोगबनी जाने नेपालीको हकमा नेपाली नागरिकता र भारतबाट नेपाल आउने भारतीयको हकमा आधार कार्ड अनिवार्य गरिएको छ । १५ अगस्तको कार्यक्रम सम्पन्न नभएसम्म जोगबनी नाकामा हाईअलर्टको अवस्था जारी रहने एक उच्च भारतीय सुरक्षा अधिकारीले बताए ।