- चिरफार डटकम, विराटनगर ५९१ पटक हेरिएको
बिहिबार, पुष २८, २०७९ समय : १५:३५:०४ , २ वर्ष अगाडि
श्यामलाल ज्ञवाली नेपाल प्रहरीको १ नं. प्रदेश प्रहरी प्रमुखको कमाण्ड सम्हाल्ने भएका छन् । प्रहरी प्रधान कार्यालयले साइबर ब्यूरोमा दरबन्दी भई त्रिभुवन अन्तर्राष्ट्रिय बिमान स्थलमा कार्यरत ज्ञवालीलाई नेपाल प्रहरीको १ नं. प्रदेश प्रहरी प्रमुखको रुपमा सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालयले बुधबार ज्ञवालीलाई १ नं. प्रदेश प्रहरीको रुपमा सरुवा गरेको हो । १ नं. प्रदेश प्रहरी प्रमुखको कमाण्ड सम्हालीरहेका सुदिप गिरीलाई प्रहरी प्रधान कार्यालय अन्तर्गत साइबर ब्यूरोमा सरुवा गरेको छ ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशन बमोजिम प्रहरी प्रधान कार्यालयले बुधबार प्रदेश प्रहरी प्रमुखको सरुवा गरेको हो । नेपाल प्रहरीको अपराध अनुसन्धानमा दक्ष विशेषज्ञ प्रहरीको रुपमा कार्यरत ज्ञवालीलाई १ नं. प्रदेश प्रमुखको जिम्मेवारी सुम्पिएको हो ।
नेपाल र भारतको खुल्ला सिमानादेखि चिनको खुल्ला सिमानासम्मको सुरक्षा व्यवस्थालाई चुस्तदुस्त राख्न प्रदेश प्रमुख ज्ञवालीलाई १ नं. प्रदेशको प्रमुखको जिम्मेवारी सुम्पिएको हो । १ नं. प्रदेशमा १४ जिल्ला रहेका छन् । त्यसमा पनि प्रदेशको राजधानी विराटनगरमा मुख्यमन्त्रीदेखि मन्त्री परिषद्का सदस्यहरुको सुरक्षा व्यवस्थालाई मजबुत पार्न प्रदेश प्रमुख ज्ञवालीको काँधमा ठुलो जिम्मेवारी छ ।