- चिरफार डटकम, विराटनगर ८६३ पटक हेरिएको
बुधबार, साउन १७, २०८० समय : १६:३७:४७ , १ वर्ष अगाडि
विराटनगरस्थित कोशी अस्पतालका लेखाअधिकृत बालकृष्ण दंगाल अस्पतालमा आर्थिक अनुशासन कायम गराउन लागि परेका छन् । अस्पतालको लेखाअधिकृतका रुपमा दाखिल भएपछि दंगालले अस्पताल भित्र हुने गरेको सबै प्रकारका सामग्री खरीदमा पूर्णरुपमा अनलाईनमा आधारित ई–बिडिङ प्रविधि अविलम्बन गरेको छ ।
लेखाअधिकृत दंगालले अस्पतालमा निःशुल्क रासन, औषधि लगायतका सामग्री खरीद पक्रियामा ई–बिडिङ प्रविधिको प्रतिस्पर्धाबाट छनौट भएका आपूर्तिकर्ताबाट मात्र आवश्यक सामग्री परिपूर्तिको व्यवस्था गरिएको छ । जसको कारण कोशी अस्पतालको ठुलो रकम जोगिएको छ । र, न्यूनतम खर्चमा अधिकतम सामग्री प्राप्त हुने अवस्था श्रृजना भएको छ । विगत लामो समयदेखि कोशी अस्पताल विकास समितितर्फका कर्मचारीको अवकाश पछि पाउने उपदान रकम उपलब्ध गराउन नसकी बाँकी रहेकोमा अवकाश प्राप्त कर्मचारीहरुको सम्पूर्ण रकम भुक्तानी गरिएको छ । २०७४ सालदेखि २०७८ सालसम्म रकम नपाएका अवकाश प्राप्त कर्मचारीको हकमा मापदण्ड बनाएर उपदान रकम वितरण गरिएको लेखाअधिकृत दंगालले बताए ।
विगतमा पहुचका भरमा केही व्यक्तिले सम्पूर्ण रकम पाउने र पहुच विहिनले कुनै रकम नपाउने अवस्था थियो । त्यो अवस्थाको समेत अन्त भएको छ । विकास समिति र अस्पताल प्रशासनले निर्णय गरी केही व्यक्तिहरु रित्त दरवन्दीमा नियुक्ति भएकामा लेखाअधिकृतको कुनै सरोकार नरहेको विषयलाई नयाँ नियुक्ति भएको एक जना व्यक्ति संग नाम जोडेर बदनाम गराउने तत्वहरु हावी भएको लेखाअधिकृतले नियम र प्रक्रिया बाहेक आर्थिक अनुशासनलाई पूर्णरुपमा कार्यान्वयन गरी लेखा सम्बन्धी काम गर्दा विगतमा विभिन्न माध्यमबाट फाइदा लिर्दै आएका अस्पताल भित्रैका विभिन्न गिरोहहरु अनाधिकृत फाइदा लुट्न नपाउँदा लेखाअधिकृतको मानमर्दन हुनेगरी हुँदै नभएको भ्रम श्रृजना गर्न लागि परेका छन् ।
लेखाअधिकृतको आफन्त भनिएको व्यक्ति लेखाअधिकृतको कुनै नाता सम्बन्ध नरहेको र सातपुस्ताभित्र नपर्ने व्यक्ति भएको बुझिएको छ । अस्पतालमा विगत लामो समयदेखि सामाजिक सेवा इकाईको दुरुपयोग गरी पहुँचवाला व्यक्तिलाई स्वास्थ्य सम्बन्धी उपचारमा छुट दिदै आएको तर पाउनुपर्ने व्यक्तिले छुट पाउने सुविधाबाट बन्चित रहेकोमा प्रमुख मेडिकल सुपरिडेन्ट चन्द्रभाल झाले यसमा सुधार गरी सुविधा पाउनु पर्ने व्यक्तिलाई मात्र सुविधा प्रदान गर्ने व्यवस्था मिलाईएको छ । उक्त सुविधाको दुरुपयोग गर्ने व्यक्तिहरु आफु विरुद्ध अर्नगल प्रचारवाजी गरिरहेको लेखाअधिकृत दंगालले बताए ।