विराटनगरमा व्यक्तित्व विकास सम्बन्धी ५ दिने कार्यशाला सुरु

  • चिरफार डटकम, विराटनगर ४७४  पटक हेरिएको

मंगलबार, साउन १६, २०८० समय : १५:१७:०४ , १ वर्ष अगाडि

विराटनगरको जैन स्वेतामबर तेरापंथी सभा भवनमा व्यक्तित्व विकास सम्बन्धि ५ दिने कार्यशाला सुरु भएको छ । प्रत्येक साँझ ७ः३० बजेदेखि ९ः०० बजेसम्म कार्यशाला संचालनमा आउने छ । सोमबारदेखि सुरु भएको कार्यशाला शुक्रबारसम्म चल्लने छ । तेरापंथ प्रोफेसनल फोरम विराटनगरले व्यक्तित्व विकास सम्बन्धी कार्यशालाको आयोजना गरेको हो ।

फोरमकी अध्यक्ष डा. नुतन नौलखाले विराटनगरका मारवाडी सहित गैर मारवाडी समाजका बैद्धिक व्यक्तिहरुलाई कार्यशालामा सहभागिता गराएर उनीहरुको व्यक्तित्व विकास सम्बन्धी ज्ञान हासिल गर्ने व्यवस्था मिलाईएको बताईन । प्रोफेसर इन्जिनियर अमित सुरानालाई कार्यशालाको संयोजक पदको जिम्मेवारी प्रदान गरिएको छ ।

कार्यशालालाई भव्य र सब्य रुपमा सम्पन्न गर्न र धेरै भन्दा धेरै संख्यामा विराटनगरका बौद्धिक व्यक्तिलाई कार्यशालामा सहभागिता गराउन उद्देश्यका साथ सुरानालाई संयोजक पदको जिम्मेवारी प्रदान गरिएको अध्यक्ष डा. नौलखाले बताईन । केही समयदेखि जैन समाजले विराटनगरमा चार्तुमासको आयोजना गरेको छ ।चार्तुमासमा सहभागि जैन धर्मगुरु डा. ज्ञानेन्द्र मुनिको रेखदेशमा सुबोध मुनिले प्रमुख वत्ताको रुपमा कार्यशालामा सहभागिता जनाउने समाजका विशिष्ट व्यक्तिहरुलाई व्यक्तित्व विकास संगै सफलता प्राप्त गर्ने विषयमा प्रवचत दिईरहेका छन् ।

सोमबार पहिलो दिन कार्यशालामा सहभागिता जनाएका सीए अश्विनी बंशल, डा. दीपेन्द्र नौलखा, तेरापंथ युवक परिषद विराटनगरका अध्यक्ष मोहित लालवानी, निवर्तमान अध्यक्ष पंकज लुनियाले व्यक्तित्व विकास संगै जीवनमा सफलता प्राप्त गर्ने हो भने जैन धर्मगुरु सुबोध मुनिको प्रवचन छुटाउनु नहुने प्रतिक्रिया दिएका छन् ।