- चिरफार डटकम, विराटनगर ५६२ पटक हेरिएको
मंगलबार, साउन १६, २०८० समय : १५:१५:२७ , १ वर्ष अगाडि
भाद्र २१ गते विहीबार विराटनगरमा श्रीराधाकृष्ण रथयात्रा निकालिने भव्य तयारी भईरहेको छ । श्रीकृष्ण जन्माष्टमीको भोलीपल्ट विराटनगरमा श्रीराधाकृष्ण रथयात्रा निकालिने ऐतिहासिक परम्परा रहेको छ । श्रीराधाकृष्ण रथयात्रालाई अन्तर्राष्ट्रिय स्तरमा परिणत गराउन विराटनगर महानगरपालिकाले रथ यात्राको नेतृत्वदायी भुमिका निर्वाह गर्ने गरी अगाडी बढेको छ ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले श्री राधाकृष्ण रथ यात्रालाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउनेगरी देश तथा विदेशका विशिष्ट व्यक्तिहरुलाई आमन्त्रण गर्ने तयारीमा जुटेको छ । मेयर कोइरालाले रथ यात्रालाई विराटनगरको इज्जतप्रतिष्ठसँग तुलना गर्दै नेपाल तथा भारतका विभिन्न मठमन्दिरका मठाधिसहरुलाई आमन्त्रण गरेर रथयात्रामा सहभागिता गराउने उद्देश्यका साथ अगाडी बढेको छ ।
नेपाल भरीका स्थानिय तहका जनप्रतिनिधिहरुलाई विराटनगरको श्रीराधाकृष्ण रथयात्रामा सहभागिता गराउने उद्देश्यका साथ मेयर कोइरालाले जनप्रतिनिधिहरुलाई आमन्त्रण गर्ने तयारीमा जुटेको छ । श्रीराधाकृष्ण रथयात्रा मुलसमारोह समितिका अध्यक्ष कैलाश रेग्मीले कोभिड–१९ महामारिका कारण ४ वर्षदेखि आंशिक रुपमा निस्किरहेको रथयात्रालाई यस वर्ष भव्य र ऐतिहासिक रुपमा निकाल्ने तयारी सुरु भईसकेको बताए ।