बाँकी बक्यौता माग्दै निर्माण व्यवसायीद्वारा सिडियो कार्यालयमा धर्ना

  • ब्रह्मदेव यादव, विराटनगर ५४५  पटक हेरिएको

आइतबार, साउन १४, २०८० समय : १६:५४:४० , १ वर्ष अगाडि

निर्माण व्यवसायीहरुले आइतबार जिल्ला प्रशासन कार्यालय मोरङमा धर्ना दिएका छन् । काम सम्पन्न भई सकेको बाँकी बक्यौता रकम माग गर्दै निर्माण व्यवसायीहरुले आइतबार जिल्ला प्रशासन कार्यालय मोरङमा धर्ना दिएको हो ।

निर्माण व्यवसायी संघ मोरङका अध्यक्ष महेश कुमार मिश्र र निवर्तमान अध्यक्ष सुरेश राज सुवेदीको नेतृत्वमा आइतबार संयौं निर्माण व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालय मोरङ अगाडी विभिन्न माग लेखेको व्यानर सहित प्रदर्शन गर्दै एक घण्टा धर्ना दिएका हुन् । संघका मोरङ अध्यक्ष महेश कुमार मिश्रले देश भरीका निर्माण व्यवसायीहरुले गत आर्थिक वर्ष २०७९/०८० सम्म काम सम्पन्न भई सकेको ८० अर्बभन्दा बढि रकम भुक्तानी पाउँन बाँकी रहेकोले ती रकम अविलम्ब उपलब्ध गराइदिन चरण बद्ध आन्दोलनका कार्यक्रम अन्तर्गत जिल्ला संघले आइतबार देशभरीकै सिडियो कार्यालय अगाडी धर्ना दिएको बताए ।

संघका सह–कोषाध्यक्ष संजय कुमार यादवले संघको जिल्ला कार्यालयले सिडियो कार्यालय, प्रदेश कार्यालयले प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडी र नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रिय कार्यालयले प्रधानमन्त्री कार्यालय अगाडी धर्ना दिएको बताए ।