अरनिको कलेजमा १ हजार विद्यार्थीलाई अभिमुखीकरण

  • चिरफार डटकम, विराटनगर १०५५  पटक हेरिएको

मंगलबार, साउन ०९, २०८० समय : १६:५९:११ , १ वर्ष अगाडि

विराटनगरस्थित अरनिको कलेजले कक्षा ११ तर्फ भर्ना भएका १ हजार विद्यार्थीलाई मंगलबार अभिमुखीकरण कार्यक्रम मार्फत नियम कानुन, शिक्षक शिक्षिका सँग गर्ने व्यवहार र कक्षा सञ्चालन सम्बन्धी विधि र प्रक्रियाको बारेमा जानकारी गराएको छ । कलेजले विज्ञान संकाय तर्फ ९ सय २० र व्यवस्थापन तथा होटल व्यवस्थापन तर्फ ८० गरेर १ हजार विद्यार्थी भर्ना लिएका छन् ।

नेपालमा १० हजारको हाराहारीमा प्लस टु सञ्चालन भई रहेका छन् । जसमध्ये विराटनगरको अरनिको कलेज नेपालकै उत्कृष्ट र कोशी प्रदेशको १ नम्बर कलेज हो । देशभरी सञ्चालन भईरहेका प्लस टुहरु मध्ये ३ प्लस टु सञ्चालन गर्ने कलेज मध्ये विज्ञान संकाय तर्फ ९ सयको हाराहारीमा विद्यार्थी भर्ना लिएका छन् । ती ३ प्लस टु मध्ये विराटनगरको अरनिको कलेजले विज्ञान संकायतर्फ सबैभन्दा बढि ९ सय २० जना विद्यार्थी भर्ना लिएर विद्यार्थी भर्नामा नयाँ रेकर्ड कायम गरेका छन् ।


कलेजका प्रिन्सिपल राजेश कार्कीले कलेजका सञ्चालक, शिक्षक, शिक्षिका र विद्यार्थीहरुको कडा मेहनतको कारण कलेजले उच्च सफलता प्राप्त गरेको बताए । कलेजका निर्देशक भरतराज दाहालले सगरमाथाको सिखर चढ्नु अघि बेसक्याम्पमा पुग्नु पर्ने भएकोले कक्षा ११ र १२ सगरमाथाको बेसक्याम्प जस्तै रहेकोले कडा मेहनत र लगनशिलका साथ अध्ययन गर्न विद्यार्थीहरुलाई सुझाव दिए ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, कलेजका अध्यक्ष लक्ष्मीप्रसाद अधिकारी, प्रिन्सिपल राजेश कार्की, कार्यक्रम संयोजक विकाश खनाल, कलेजका निर्देशक तथा भौतिक शास्त्रका प्रध्यापक निलमकुमार अधिकारी, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका सहायक क्याम्पस प्रमुख डिल्ली पोखरेल, विराटनगर–१० का वडाध्यक्ष अर्जुन गिरी अभिमुखीकरण कार्यक्रममा सहभागी थिए ।