- ब्रह्मदेव यादव, विराटनगर ३०८२ पटक हेरिएको
शनिबार, साउन ०६, २०८० समय : १८:०४:४७ , १ वर्ष अगाडि
जैन स्वेताम्बर तेरापंथी सभा न्यास मण्डल विराटनगरका महासचिव संजय दुगडलाई मोरङ प्रहरीले पक्राउ गरेर हिरासतमा लिएको छ । तेरापंथ युवक परिषद विराटनगरका अध्यक्ष मोहित लालवानीलाई हातपात तथा गालीगलोज गरेको विषयलाई लिएर दुगडलाई प्रहरीले पक्राउ गरेर हिरासतमा लिएको हो ।
लालवानीलाई हातपात तथा गालीगलोज गरेको विषयलाई लिएर जैन समाजका सयौं व्यक्ति शनिबार विराटनगरको मेनरोड स्थित दुगडको घर घेराउ गर्दै कारवाहीको माग गरेका थिए । लगतै प्रहरीको टोली कडा सुरक्षा बिच दुगडलाई उनकै घरबाट पक्राउ गरेर प्रहरी हिरासतमा राखेको छ ।
पिडिज लालवानीले जैन स्वेताम्बर तेरापंथी सभामा हातपात तथा गाली गलोज गरेको सिसिटिभी क्यामेराको फुटेज सहित प्रहरीमा निवेदन दर्ता गराएका छन् । अतिथि सदन विराटनगरका अध्यक्ष दिनेश गोल्छा दुगडलाई छुटाउन प्रहरी कार्यालय पुगेका थिए । दुवै पक्षबिच प्रहरीमा छलफल जारी छ ।