- चिरफार डटकम, विराटनगर ५१५ पटक हेरिएको
शुक्रबार, साउन ०५, २०८० समय : १८:००:०२ , १ वर्ष अगाडि
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) कोशी प्रदेश समितिले २ दर्जन संख्याको हाराहारीमा विभिन्न समिति गठन गरेको छ । हरेक क्षेत्रमा प्रदेशलाई अब्बल बनाउने उद्देश्यका साथ नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा कोशी प्रदेश अध्यक्ष उद्योगी राजेन्द्र राउतले विभिन्न समिति गठन गरेको हो ।
टिकाराज ढकाललाई कृषि उद्यम केन्द्र समितिको सभापति, कुमार मणी पोखरेललाई सदस्यता वितरण समितिको सभापति, भीमबहादुर पौडेललाई उद्योग वाणिज्य परिषद समितिको सभापति, सुवास आचार्यलाई बैंक, वित्तिय, बिमा तथा पुँजी बजार समितिको सभापति, राजन श्रेष्ठलाई स्वास्थ्य तथा सिप विकास समितिको सभापति, श्रवण कुमार अग्रवाललाई रोजगार दाता समितिको सभापति, रविन दाहाललाई शिक्षा तथा सूचना समितिको सभापति, विरेन्द्र कुमार साहलाई स्थानिय आर्थिक विकास समितिको सभापति, प्रितम खड्गीलाई नीजि तथा साझेदारी समन्वय समितिको सभापति, देवकीनन्दन अग्रवाललाई कर तथा राजश्व समितिको सभापति, भविष श्रेष्ठलाई पर्यटन तथा हवाई यातायात समितिको सभापति, दिपक पाण्डेलाई वस्तुगत समन्वय समितिको सभपति, सरु केसीलाई महिला उद्यमी विकास समितिको सभापति, ऋषीराज तिम्सिनालाई सहरी विकास समितिको सभापति, प्रकाश शिवाकोटीलाई सामाजिक विकास समितिको सभापति, विनोद बस्नेतलाई मानव संशाधन समितिको सभापति, विजय श्रेष्ठलाई घरेलु तथा साना उद्योग समितिको सभापति, मनोज विक्रम शाहलाई व्यापार मेला समितिको सभापति, मेघराज सिग्देललाई स्थन यातायत तथा पारवाहन समितिको सभापति, प्रविण जोशीलाई भन्सार समन्वय समितिको सभापति, यूनेश श्रेष्ठलाई स्टार्ट अफ एण्ड इनोभेकेशन समितिको सभापति चयन गरिएको छ । अविनाश बोहरालाई समितिको सल्लाहकारमा मनोनयन गरिएको छ । बोहरा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य हुन् ।