- ब्रह्मदेव यादव, विराटनगर १३६८ पटक हेरिएको
बिहिबार, साउन ०४, २०८० समय : २०:३०:५१ , १ वर्ष अगाडि
विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्र राज ढकालले नायव सुब्बा मञ्जु निम्सिनालाई हाजिर गर्न रोक लगाएको छ । समय सिमा तोकेर निवास खाली गर्न तिम्सिनालाई अल्टिमेटम दिईएको छ । नेकपा माओवादी केन्द्रको कर्मचारी संगठनमा आवद्ध तिम्सिनालाई विराटनगर भन्सार कार्यालयमा करार सेवामा नायव सुब्बामा नियुक्त गरेका थिए ।
नेकपा माओवादी केन्द्रको तर्फबाट अघिल्लो सरकारमा जनार्दन शर्मा (प्रभाकर), अर्थमन्त्री भएको बेला तिम्सिनालाई विराटनगर भन्सार कार्यालयमा करार सेवामा नायव सुब्बा पदमा नियुक्त गरेका थिए । नेकपा माओवादी केन्द्र निकट कर्मचारी संगठनको उच्च पदमा कार्यरत तारा सापकोटा विराटनगर भन्सार कार्यालयमा प्रमुख भन्सार अधिकृत पदमा कार्यरत रहदा तिम्सिनालाई करार सेवामा नायव सुब्बा पदमा नियुक्त गरेका थिए । र सापकोटाले नै तिम्सिनालाई निवास उपलब्ध गराएका थिए ।
सापकोटा भन्सार विभागमा तानिएपछि उनको ठाउँमा आएका नेपाली कांग्रेस निकट ज्ञानेन्द्रराज ढकालले तिम्सिनालाई कार्यालयमा हाजिर गर्न रोक लगाउँदै निवास खाली गर्न अल्टिमेटम दिएको छ । विहीवार चिरफार डटकम सँग कुरागर्दै तिम्सिनाले भनिन्ः म माओवादी भएकै कारण भन्सार प्रमुख ढकालले आर्थिक वर्ष २०८०/०८१ को साउन १ गतेदेखि कार्यालयमा हाजिर गर्न प्रतिबन्ध लगाएको छ । र समय सिमा तोकेर निवास खाली गर्न अल्टिमेटम दिएको छ । तर मेरा बच्चा कक्षा अध्यनरत रहेकोले बच्चाको परीक्षा नसकुन्जेलसम्म आफुले निवास खाली नगर्ने तिम्सिनाले बताईन ।
उनले थप भनिन्ः कार्यालयमा ६ जान करार सेवामा कर्मचारी कार्यरत छन् । तर म माओवादी भएकै कारणले ५ जनालाई यथास्थितिमा राखेर मलाई हटाउन खोजिएको छ ।
यस विषयमा म मेरो पार्टी नेकपा माओवादी केन्द्रका शिर्ष नेतृत्वदेखि सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल सँग नियमित सम्पर्कमा छु । र मलाई निवास खाली नगर्न सुझाव आएकोले निवास खाली नगर्ने तिम्सिनाले बताईन ।
विराटनगर भन्सार प्रशासनले कार्यालयमा ६ जना नभई ३ जना करार सेवाका कर्मचारी रहेको जानकारी गराए । १ जना प्राविधिक र २ जना सफाइका कर्मचारी कार्यालयमा करार सेवामा कार्यरत रहेको विराटनगर भन्सार प्रशासनले स्पष्ट पारेको छ ।