सडक र पुल निर्माण शिर्षकको ५० करोड फिर्ता

  • चिरफार डटकम, विराटनगर ४०९  पटक हेरिएको

बुधबार, साउन ०३, २०८० समय : २१:४१:४३ , १ वर्ष अगाडि

सडक डिभिजन कार्यालय विराटनगरमा सडक र पुल निर्माण शिर्षकमा आएको ५० करोड भन्दा बढी रुपैयाँ फिर्ता भएको छ । सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख सुदर्शनबहादुर कार्कीले समयमा सडक र पुल निर्माणको काम हुन नसक्दा रकम फिर्ता भएको बताए ।

आर्थिक वर्ष २०७९/०८० मा कार्यालयमा १ अर्ब ६५ करोड रुपैयाँ बजेट आएको थियो । जसमध्ये सडक तथा पुलको निर्माण तथा मर्मत सम्भार र कर्मचारीको तलव सुविधामा १ अर्ब १० करोड रुपैयाँ खर्च भएको छ । सडक तथा पुल निर्माणको ठेक्का लिएका निर्माण कम्पनीले समयमा काम गर्न नसक्दा विकास निर्माण शिर्षकको ५० करोड रुपैयाँ फिर्ता भएको छ ।

सडक तथा पुल निर्माण कर्ता कम्पनीले बोलकबोल गरेर ठेक्का लिएको भएपनि निर्माण सामग्रीको ५० प्रतिशतले मुल्य बढेको र घर घाटा खाएर कुनै पनि निर्माण कम्पनीले काम नगरेको कारण विकास निर्माण शिर्षकको मोटो रकम फिर्ता भएको कार्यालय निकट समाचार सुत्रले जानकारी गराएको छ ।