- चिरफार डटकम, विराटनगर ३९७ पटक हेरिएको
शुक्रबार, आषाढ २९, २०८० समय : १६:३२:०० , १ वर्ष अगाडि
बाढीका कारण विराटनगरका एक सय भन्दा बढी व्यक्ति घर विहीनको अवस्थामा पुगेका छन् । विहीबार रातभरी परेको भिषण पानीका कारण सिंघिया नदीमा पानीको बहाव वृद्धि हुँदा नदी किनारमा बसोवास गरी रहेका विराटनगर–७ र ८ का २० घर परिवारका एक सय भन्दा बढी व्यक्ति घर विहीनको अवस्थामा छ ।
विराटनगर–७ का घर विहीन भएका व्यक्तिलाई सोही वडाको गायत्री माध्यमिक विद्यालयमा बस्ने खाने गरी बन्दोवस्त मिलाईएको वडा अध्यक्ष मधुबाबु तिवारीले बताए । वडा नंं ८ का विस्थापित परिवारलाई सोही वडाको विराटनगर कारागार नजिक टेन्टमा बस्ने खाने गरी व्यवस्था मिलाईएको वडा अध्यक्ष राम पोखरलेलले बताए । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले वडा नं. ७ र ८ का २० भन्दा बढि सुकुम्वासी वस्तिमा वसोवास गरिरहेका व्यक्तिलाई बस्ने खाने व्यवस्था मिलाईएको बताए ।
शुक्रबार विराटनगर महानगरपालिकामा बसेको दैविकप्रकोप समितिको बैठकले विस्थापित परिवारलाई बस्ने खाने व्यवस्थाका लागि राहत रकम निकासा गरेका छन् । र आगामी दिनमा बाढीबाट थप प्रभावित नहोस भन्ने उद्देश्यका साथ खोला किनारमा बसोवास गरी रहेका व्यक्तिलाई वर्षा समय भरी सुरक्षित स्थानमा बस्ने व्यवस्था मिलाउने तयारीका बारेमा छलफल गरेका छन् । केशलिया नदीमा आएको बाढीको पानी विराटनगर–१२ मा पस्दा ऋषिदेव वस्तीका कयौं परिवार प्रभावित बनेका छन् ।