- चिरफार डटकम, विराटनगर १६३१ पटक हेरिएको
मंगलबार, आषाढ २६, २०८० समय : १६:०५:०३ , १ वर्ष अगाडि
कान्तिपुर विराटनगरको उत्कृष्ट कलेज हो । शिक्षा सँगै खेलकुद र अतिरिक्त क्रियाकलाप तर्फ कान्तिपुर अब्बल कलेजको रुपमा चिनिन्छ । जुन कलेजमा कक्षा ११ र १२ मा विज्ञान संकाय, व्यवस्थापन संकाय र होटल व्यवस्थापन संकायतर्फ विषयको पढाई हुन्छ ।
शिक्षण पेशामा अनुभवी प्राप्त दक्ष युवा विशेषज्ञ प्राध्यापकहरुद्वारा संचालित कान्तिपुर कलेज पछिल्लो समय विद्यार्थीको रोजाईको कलेज बन्न थालेको छ । विराटनगरको ठुला कलेजलाई पछाडी छोड्दै गत वर्ष कलेजले विद्यार्थी भर्नामा नयाँ रेकर्ड कायम गरेका थिए । र जुन रेकर्डलाई यस वर्ष निरन्तरता दिने तयारी गरेको छ । आगामी शैक्षिक सत्र २०८०/०८१ का लागि कलेजमा भर्ना लिनको लागि विद्यार्थीको चाप बढ्दो छ ।
कलेजले असार २७ गते बुधबार प्रवेश परीक्षा लिने तयारी गरेको छ । कलेजले भर्ना लिने तयारी गरेभन्दा बढि संख्यामा विद्यार्थीले फारम लगेका छन् । कक्षा ११ देखि नै मेडिकल साइन्स र इन्जिनियरिङ विषयको अतिरिक्त अध्ययन अध्यापन हुने गरेकोले कान्तिपुर विद्यार्थीको रोजाईको कलेज बन्न थालेको हो । कलेजका प्रिन्सिपल भेषराज नेपालले निःशुल्क थप कक्षा संचालनले कलेज प्रति विद्यार्थीको आत्मविश्वास बढेको बताए ।