कोशी प्रदेशमा मुख्यमन्त्री सहित ३ सदस्य मन्त्रिमण्डल गठन

  • चिरफार डटकम, विराटनगर ४२८  पटक हेरिएको

शुक्रबार, आषाढ २२, २०८० समय : १५:४८:२६ , १ वर्ष अगाडि

कोशी प्रदेशमा मुख्यमन्त्री सहित ३ सदस्य मन्त्रिमण्डलको गठन भएको छ । बिहीबार कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङद्वारा मुख्यमन्त्रीमा नियुक्त उद्धव थापाले शुक्रबार पद तथा गोपनियताको सपथग्रहण गरेको छ ।

लगतै मुख्यमन्त्री थापाले नेपाली कांग्रेसका प्रदिप सुनुवार र नेकपा एकिकृत समाजवादीका कमल जगेबुलाई विना विभागिय मन्त्री नियुक्त गर्दै सपथ ग्रहण गराएका छन् । नेकपा माओवादी केन्द्रले सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउन सकेन ।

सरकारमा सहभागि हुने मन्त्रिको नाम टुंगो लगाउने गरी नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदिय दलका नेता इन्द्र आङ्वोको अध्यक्षतामा वैठक बसेपनि नाम टुंगो लगाउन सकेन । पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा सहभागि दुर्गा चापागाईं र जीवन आचार्यलाई नै मन्त्री मण्डलमा पठाउने कि नयाँलाई पठाउने विषयमा माओवादी भित्र विवाद छ ।

जसको कारण शुक्रबार मुख्यमन्त्री थापाले गठन गरेको मन्त्री मण्डलमा माओवादी सहभागी हुन सकेन । जनता समाजवादी पार्टी नेपालले कोशी प्रदेश नामाकरण सच्याउने ठोस आधार निर्माण नभएसम्म सरकारमा सहभागि नहुने अडान लिएको छ । तर जसपाले सरकारलाई समर्थन दिएको छ ।