- ब्रह्मदेव यादव, विराटनगर ९७० पटक हेरिएको
बुधबार, आषाढ २०, २०८० समय : १७:१३:०० , १ वर्ष अगाडि
विराटनगरस्थित विग होटलको क्यासिनोमा प्रत्येक दिन नेपालीले मोटो रकम गुमाई रहेको छ । क्यासिनो भनेको जुवा घर हो । त्यही जुवा घरमा नेपालीले प्रत्येक दिन मोटो रकम गुमाउँदा अधिकांशको बिल्लीबास भईसकेका छन् । र बिल्लीबास हुने क्रम जारी छ । यस तर्फ विराटनगर महानगरपालिका सहित मोरङ प्रशासन मौन छ ।
विराटनगरको विग होटलको क्यासिनोसहित अन्य होटलका क्यासिनोका सञ्चालक सँग मोरङ प्रशासनको सेटिङ रहेकोले निर्वाध रुपमा क्यासिनो सञ्चालन भई रहेको छ । सरकाले क्यासिनो प्रवेशमा नेपालीलाई प्रतिबन्ध लगाएको छ ।
भारतीय र विदेशी मुलका जो कोहीको हकमा क्यासिनो प्रवेशलाई खुल्ला गरिएको छ । सरकारले क्यासिनो सञ्चालनका लागि लाइसेन्स दिने बेलामा नेपालीलाई क्यासिनो प्रवेश नगराउनु भनेको हुन्छ । तर विराटनगरको क्यासिनोका सञ्चालकहरुले नेपालीलाई क्यासिनो प्रवेश गराएर उनिहरु खेल्न छुट दिदा उनिहरुको मोटो रकम गुमिरहेको छ ।
विराटनगरको क्यासिनोमा ८० प्रतिशतभन्दा बढि नेपाली प्रवेश गरिरहेको छ । क्यासिनोका सञ्चालकले राखेको महिला कर्मचारी मार्फत फोन गर्न लगाएर नेपालीलाई क्यासिनो प्रवेश गराउने काम भई रहेको छ । क्यासिनो सञ्चालकको सेटिङमा क्यासिनोमा प्रवेश गराईएका मिटर ब्याजिले मोटो रकम हारी सकेका नेपालीलाई सर्तनामा गराएर पुनः ब्याजमा मोटो रकम उपलब्ध गराउने र नेपालीले यसरी मिटर ब्याजमा क्यासिनो भित्रै लिएको रकम क्यासिनोमा हार्दा कतिको घर जग्गा र बहुमुल्य सम्पत्ती खेर गई रहेको छ ।
विग होटलले क्यासिनो सञ्चालन गर्न अरुलाई ठेक्कामा दिएको छ । क्यासिनोमा नेपाली प्रवेश गर्ने गरेको विषयमा समाचारको बारेमा अधिकारी धारणा बुझ्न क्यासिनोका सुपरभाइजर राम कृष्ण गौतम सँग सम्पर्क गर्दा उहाँ सम्पर्कमा आउँन चाहनु भएन ।