मेरो निधनपछि पनि छात्रवृत्ति वितरण कार्यले निरन्तरता पाउँछ– गोयल

  • ब्रह्मदेव यादव, विराटनगर १४२४  पटक हेरिएको

मंगलबार, आषाढ १९, २०८० समय : १७:३९:२४ , १ वर्ष अगाडि

विराटनगरका वरिष्ठ समाजसेवी दिनबन्धु गोयलले आफ्नो निधनपछि पनि छात्रवृत्ति वितरण कार्यले निरन्तरता पाउँने धारणा व्यक्त गरेको छ । वरिष्ठ समाजसेवी एवं उद्योगी गोयलले व्यपार व्यवसायीबाट आर्जन गर्ने गरेको रकम मध्येबाट ७५ देखि ९० प्रतिशतसम्म रकम सामाजिक क्षेत्रमा खर्च गरिरहेका छन् । जाडोको मौसममा स्कुले छात्रछात्रालाई स्वीटर, जुत्ता, मोजा, टोपीदेखि पोशाक वितरण कार्यलाई गोयलले निरन्तरता दिई रहेका छन् ।

यस बाहेक गरिब, असाहयदेखि दैविक प्रकोपबाट प्रभावित व्यक्तिलाई दिल खोलेर सहयोग गर्ने गोयल ठुलो हृदय भएका व्यक्तिका रुपमा चिनिन्छ । मंगलबार चिरफार डटकम सँग कुरागर्दै समाजसेवी गोयलले भनेः म रहे पनि नरहेपनि त्यसले केही फरक पर्दैन । विभिन्न संघ संस्थाको नामबाट अक्षयकोष स्थापना गरिएको छ । र ती अक्षयकोषमा जम्मा भएको रकमको ब्याज रकमबाट प्रत्येक वर्ष छात्रछात्राहरुले छात्रवृत्ति पाउँने छन् ।

समाजसेवी गोयलले विराटनको सत्यनारायण माध्यमिक विद्यालय, स्टार सहकारी संस्था लि., चेतना प्रतिष्ठान, सनातन धर्म सेवा समिति सहित ८ वटा सामाजिक संघ संस्थामा छात्रछात्रालाई छात्रवृत्ति तथा पुरस्कार प्रदान गर्ने उद्देश्यका साथ अक्षयकोषको स्थापना गरिएको छ ।