विराटनगर भन्सार कार्यालयमा नीतिगत भ्रष्टाचार

  • ब्रह्मदेव यादव, विराटनगर १२६९  पटक हेरिएको

आइतबार, आषाढ १७, २०८० समय : १५:५१:०९ , १ वर्ष अगाडि

विराटनगर भन्सार कार्यालयमा नीतिगत रुपमा भ्रष्टाचार भईरहेको छ । प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकाल नीतिगत भ्रष्टाचारमा संलग्न रहेको भन्सार कार्यालय निकट समाचार सुत्रले जानकारी गराएको छ । दोस्रो तथा तेस्रो मुलुकबाट नेपाल तर्फ आयात भईरहेको सामानको मुल्याङ्कनमा नीतिगत रुपमै मोटो रकम भ्रष्टाचार भई रहेको छ ।

प्रमुख भन्सार अधिकृत ढकालले नीतिगत रुपमै भ्रष्टाचार गरेर आर्जन गरेको मोटो रकम मध्येबाट ठुलो हिस्सा भन्सार विभागका महानिर्देशक र अर्थमन्त्रीसम्म पुग्ने गरेकोले राज्यको सबै निकाय मौन भएर बसेको छ । दोस्रो तथा तेस्रो मुलुकबाट नेपाल तर्फ आयात भईरहेको सामानमा पछिल्लो समय बिलको आधारमा प्रमुख भन्सार अधिकृत ढकालले आफु खुसी मनपरि तरिकाले अतिरिक्त जरिवाना लगाउन थालेका छन् । जसका कारण दोस्रो तथा तेस्रो मुलुकबाट नेपालमा सामान आयात गरिरहेको उद्योगी तथा व्यवासयी हैरान बनेको छन् ।

उद्योगी तथा व्यवसायीले पटक पटक भन्सार विभागदेखि अर्थमन्त्री समक्ष कुरा पु¥याउदा पनि कतै कुनै निकायबाट सुनवाई भईरहेको छैन । दोस्रो तथा तेस्रो मुलुकबाट आयात भईरहेको सामानमा भन्सार प्रमुख ढकालले जथाभावी ५०० प्रतिशतसम्म अतिरिक्त जरिवाना लगाउन थालेका छन् ।

उद्योगी तथा व्यवसायीसँग भन्सार प्रमुख ढकालको सेटिङ रहेको सामानमा न्यून र सेटिङ नरहेको सामानमा मोटो रकम अतिरिक्त जरिवाना लगाउन थालेका छन् । जसका कारण उद्योगी व्यवसायी थप मार्कामा परेका छन् । र ढकालको मनोपरी तन्त्र विरुद्ध कानुनी उपचार खोज्ने तयारीमा जुटेको छ ।