भव्य रुपमा सम्पन्न भयो, अतिथि सदन विराटनगरको स्वणजयन्ती समारोह

  • ब्रह्मदेव यादव, विराटनगर १५५१  पटक हेरिएको

शनिबार, आषाढ १६, २०८० समय : १५:२१:२८ , १ वर्ष अगाडि

अतिथि सदन विराटनगरको स्वणजयन्ती समारोह भव्य रुपमा सम्पन्न भएको छ । ५० वर्ष पुरा भएको अवसर पारेर सदनले शनिबार स्वणजयन्ती समारोहको आयोजना गरेका थिए । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की, नेपाल राष्ट्रिय मारवाडी परिषद्का केन्द्रिय अध्यक्ष पवन मित्तल, विराटनगर महानगरपालिकाका मेयर नागरेश कोइराला, मारवाडी सेवा समिति विराटनगरका अध्यक्ष गोविन्द झुनझुनवाला, सदनका पूर्व अध्यक्ष ताराचन्द खेतान र मोरङका प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादव अतिथिको रुपमा स्वर्णजयन्ती समारोहमा सहभागि थिए ।

 

सदनको स्वणजयन्ती महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्न सुशिलकुमार धनावतलाई संयोजक र कार्यकारीणी समितिका सदस्य संजय दुगढलाई सचिवको जिम्मेवारी प्रदान गरिएको थियो । संयोजक धनावत र सचिव दुगढले पाएको जिम्मेवारीलाई इमान्दारी साथ पुरा गरेका छन् ।

सदका अध्यक्ष दिनेश गोल्छा, उपाध्यक्ष तथा स्वणजयन्ती महोत्सवका सह–संयोजक सुधिर तोदी, उपाध्यक्ष जितेन्द्र राठी, सचिव ललित लोहिया, कोषाध्यक्ष घनश्याम राठी सहित कार्यकारिणी समितिका सदस्यहरुले स्वणजयन्ती समारोहमा सहभागी अतिथिहरुलाई स्वागत र सम्मान गरेका थिए ।

सदनको स्थापना कालदेखि सदनको कार्यकारिणी समिति सदस्य र पदाधिकारीको रुपमा काम गरिरहेका श्यामसुन्दर अग्रवाल (डाबर) ले आमन्त्रित पाहुनासँगै बसेर अतिथिहरुलाई स्वागत र सम्मान गरेका थिए । स्वर्णजयन्ती समारोहमा सदनका पूर्व अध्यक्ष स्व. कालुराम अग्रवाल, रामाकृष्ण राठी, हंशराज गोल्छा, आशकरण राठी, मदनलाल अग्रवाल, तोलाराम दुगढ, रायचन्द्र बैद्ध, गंगाविशन राठीलाई सम्मान गरिएको थियो ।

पूर्वअध्यक्षको तर्फबाट स्व. कालुराम अग्रवालका छोरा सुधिर तोदी, गंगाविशन राठीका छोरा नरेश राठी, आशकरण राठीका छोरा जुगलकिशोर राठीले सम्मान–पत्र ग्रहण गरेका थिए । सदनका पूर्व अध्यक्ष ताराचन्द खेतान, शंकरलाल अग्रवाल र नन्दिकिशोरा राठीलाई सम्मान गरिएको छ ।

सदनका अध्यक्ष दिनेश गोल्छाले उपाध्यक्ष तथा स्वर्णजयन्ती महोत्सव आयोजन समितिका उपाध्यक्ष सुधिर तोदी, उपाध्यक्ष जितेन्द्र राठी, सहचिव ललित लोहिया, कोषाध्यक्ष घनश्याम राठी, सह–सचिव कृष्ण कुमार शर्मा, कार्यकारीणी सदस्य तथा स्वर्णजयन्ती महोत्सव अयोजक समितिका सचिव संजय दुगढ लगायतलाई सम्मान गरिएको छ ।

सदनले कर्मचारीको तर्फबाट प्रबन्धक ब्रम्हानन्द सिकवाल, अवकास प्राप्त कर्मचारी मोहनमणी दाहाल, हरिबहादुर श्रेष्ठ, होमबहादुर बोहरा, बुद्धलाल प्रधान, गुणराज थापा (राजु), महेन्द्रकुमार खनाल, कृष्णराम पोखरेल, प्रदिप राजवंशी, मोनज राजवंशीलाई सम्मान गरिएको छ ।

सदनले ५० वर्ष पुरा गरेको अवसरमा सदनको ईतिहासलाई समेटेर स्मारिका प्रकाशन गरेको छ । स्मारिकाका सम्पादक वरिष्ठ साहित्यकार लक्ष्मण नेवटियालाई कार्यक्रममा सम्मान गरिएको छ ।