भीम घिमिरे नेपाल उद्योग परिसंघको केन्द्रिय उपाध्यक्ष

  • चिरफार डटकम, विराटनगर ५९३  पटक हेरिएको

आइतबार, आषाढ १०, २०८० समय : १६:१५:०६ , १ वर्ष अगाडि

विराटनगरका चर्चित उद्योगी भीम घिमिरे नेपाल उद्योग परिसंघको केन्द्रिय उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । घिमिरे परिसंघको कोशी प्रदेश समिति विराटनगरका अध्यक्ष पदमा कार्यरत रहेको छ ।

परिसंघको काठमाडौंमा सम्पन्न २०औं साधारण सभाले घिमिरेलाई सर्वसम्वत रुपमा केन्द्रिय उपाध्यक्ष पदको जिम्मेवारी प्रदान गरेको हो । नेपाल उद्योग परिसंघको कोशी प्रादेशिक कार्यालय विराटनगरले २०७९ पुस महिनामा विराटनगरमा अन्तर्राष्ट्रिय स्तरको सीएनआई कोशी एक्स्पो भव्य एवं ऐतिहासिक रुपमा सम्पन्न गरेको थियो ।

परिसंघलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन घिमिरेले महत्वपूर्ण योगदान पु¥याएको निश्कर्ष निकाल्दै केन्द्रिय उपाध्यक्ष पदमा बढुवा गरेर थप जिम्मेवारी प्रदान गरेको हो । आइतबार चिरफार डटकम सँग कुरा गर्दैै केन्द्रिय उपाध्यक्ष घिमिरेले आफु थप जिम्मेवारी पछि उत्साहित भएको बताए ।