सुशान्त बन्जाराले रेशमा पौडेलसँग गरे दोस्रो विवाह

  • ब्रह्मदेव यादव, विराटनगर ९८९  पटक हेरिएको

बिहिबार, आषाढ ०७, २०८० समय : १७:२७:२१ , २ वर्ष अगाडि

कोशी प्रदेश सरकारका पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरेका पूर्व स्वकीय सचिव सुशान्त बन्जाराले रेशमा पौडेलसँग असार ७ गते विहीबार दोस्रो विवाह गरेका छन् । नेपाल टेलिभिजनको सुनसरीको इटहरी स्थित कोशी प्रदेशको प्रादेशीक कार्यालयमा सामाचार वाचिकाकी रुपमा कार्यरत भूमिका पाख्रिनसँगको सम्बन्ध विच्छेदपछि बन्जाराले पौडेलसँग दोस्रो विवाह गरेका हुन् ।

बन्जाराको ३ वर्षअघि पाख्रिनसँग पहिलो प्रेम विवाह भएको थियो । बन्जारा पछिल्लो समय डिभि भिसा परेर अमेरिकी नागरिक बनेका छन् । बन्जाराले पाख्रिनलाई अमेरिकी नागरिक बनाउने सक्दो प्रयास गरेका थिए । तर पाख्रिनले श्रीमान् छोड्ने तर टेलिभिजनको सरकारी जागिर नछोड्ने अडानका कारण दुवै बिचको सम्बन्ध चिसिएर सम्बन्ध विच्छेदमा परिणत भएको हो ।

पाख्रिनसँगको सम्बन्ध विच्छेदपछि विराटनगर महानगरपालिका वडा नं. ३ घर भएका बन्जाराले आफ्नै वडाका पौडेलसँग बिहीबार दोस्रो विवाह गरेका हुन् । १ महिना अगाडी बन्जाराले पौडेलसँग टिकाटालो गर्दै सामाजिक सञ्जाल मार्फत फोटो सार्वजनिक गरेपछि बन्जाराको पाख्रिनसँगको सम्बन्ध विच्छेद भएकै हो की भन्ने चर्चा चलेको थियो ।

विराटनगरको पिपलचौक स्थित कञ्चजंघा ब्याङ्केटमा बन्जारा र पौडेलले बिहीबार दिवा लग्नमा धुमधामका साथ विवाह सम्पन्न गरेका छन् । पौडेल स्टाफ नर्स हुन् । र अब उनी सुशान्तसँग अमेरिका जाने तयारीमा छिन । २०७४ सालमा प्रदेशको निर्वाचनमा नेकपा एमालेले बहुमत ल्याएर कोशी प्रदेशमा सरकार गठन गरेको थियो ।

शेरधन राई मुख्यमन्त्री भएको बेला जीवन घिमिरे सामाजिक विकास मन्त्री थिए । र उनका स्वकिय सचिवको रुपमा कार्यरत सुशान्तको भूमिकासँग चिनजान भएको थियो । र दुवै बिचको प्रेमसम्बन्धलाई वैवाहिक बन्धनमा परिणत गरेका थिए । घिमिरे सरकारबाट हटेपछि बन्जाराको पद सिधिएको थियो र उनी डिभि भिषा परेर अमेरिका तर्फ प्रस्थान गरे । बन्जारा अमेरिका छोड्न नसक्ने र भूमिका नेपाल टेलिभिजनको जागिर छोडेर अमेरिका नजाने अडानमा थिए । यही कारण दुवै बिच सम्बन्ध विच्छेद भएको हो ।