- ब्रह्मदेव यादव, विराटनगर ६०८ पटक हेरिएको
आइतबार, आषाढ ०३, २०८० समय : १५:१२:०३ , १ वर्ष अगाडि
सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रमुख डिआइजी अन्जनीकुमार पोखरेलका घुमुवा प्रहरी इन्सपेक्टर नवलप्रभात राई निलम्वित भएका छन् । ड्यूट्रीमा रहेका ४ जना प्रहरीलाई निर्घात कुटपिट गरेको आरोपमा इन्सपेक्टर राई निलम्वनमा परेका हुन् ।
इन्सपेक्टर राईको कुटपिटबाट घाइते भएका सशस्त्र प्रहरी हवलदार पासाङ तामाङ, सशस्त्र प्रहरी जवान रामबहादुर कार्की, गणेश तामाङ र शान्तकुमार राईको उपचार भईरहेका छन् ।
मेची नगरपालिका ४ नकलवन्दास्थित विओपीमा खटिएका सशस्त्र प्रहरीलाई सीमा नाकामा तस्करसँग अवैध रकम असुली गरेको आरोप लगाउँदै इन्सपेक्टर राई नेतृत्वको टोलीले खोला किनारमा लगी निर्घात कुटपिट गरेका थिए ।
इन्सपेक्टर राई यस अघि मोरङको दक्षिणी सिमान्त क्षेत्र सिक्टी विओपिमा इन्चार्ज भएर बस्दा तस्करी लाइन सञ्चालन गरेर तस्कर सँग मोटो रकम असुली गरेको आरोप लागेको विवादित छविका सशस्त्र प्रहरी हुन् । डिआइजी पोखरेलले त्यस्ता विवादित इन्सपेक्टरलाई सादा पोसाकमा घुमुवाको रुपमा परिचालन गरेका थिए ।
विगत केही समयदेखि सुनसरी जिल्लाको दक्षिणी सिमावत्ती क्षेत्रबाट मोटो रकम परिणाममा मैदा, चिनी, रजनीगन्धा, कपडा, तस्करी भइरहेका छन् । जसमा डिआइजी पोखरेलको संलग्नता रहेको छ । डिआइजी पोखरेलले तिनै इन्पेक्टर राई मार्फत तस्कर सँग अवैध रकम असुली गर्ने गरेको आरोप लागेको छ ।