मोरङ जिल्लाबाट ४ वर्षमा २ लाख विदेशीए

  • चिरफार डटकम, विराटनगर ६५२  पटक हेरिएको

आइतबार, आषाढ ०३, २०८० समय : १५:११:२४ , १ वर्ष अगाडि

मोरङ जिल्लाबाट ४ वर्षमा २ लाख नागरिक रोजगारीका लागि विदेशीएका छन् । सन् २०१९ देखि सन् २०२३ को चैत्र महिनासम्म मोरङबाट १ लाख ९८ हजार ६ सय १८ जना नागरिक रोजगारीकालागि विदेशीएको विराटनगर महानगरपालिकाको सुरक्षित आप्रवासन (सामी) परियोजनाले तथ्याङ्क सार्वजनिक गरेको छ ।

परियोजनाको साझेदार संस्था सगरमाथा समूदाय विकास केन्द्र (एससीडीसी) ले आइतबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष केशरबहादुर बस्नेतले प्रत्येक दिन नेपालबाट २५ जना नेपाली नागरिक रोजगारीको लागि विदेशीने गरेको बताए ।

विराटनगर महानगरपालिका आर्थिक विकास माहाशाखा प्रमुख दिपक पौडेलले विराटनगर महानगरपालिका सहित उर्लाबारी नगरपालिका, रंगेली नगरपालिका र कानेपोखरी गाउँपालिकाको गाउँपालिकामा सुरक्षित आप्रवासन कार्यक्रम संचालन भईरहेको बताए ।