कोशी प्रदेश सरकारले करको दायरा बढाउन खोजेको छ – राउत

  • चिरफार डटकम, विराटनगर ४८८  पटक हेरिएको

बुधबार, जेठ ३१, २०८० समय : १८:५३:०१ , १ वर्ष अगाडि

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष एवम् वरिष्ठ उद्योगी राजेन्द्र राउतले कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक निति तथा कार्यक्रम मार्फत करको दायरा बढाउन खोजेको प्रतिक्रिया व्यक्त गरेका छन् ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले बुधबार कोशी प्रदेश सभाबाट सरकारको निति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । सरकारको वार्षिक निति तथा कार्यक्रममा सहभागी उद्योगी राउतले सरकार स्थानिय तहसम्म मिलेर काम गर्न इच्छुक रहेकोले बजेटको लक्ष्य प्राप्तिका लागि करको दायरा बढ्न सक्ने बताए ।

राउतले थपेः कोशी प्रदेशलाई दुध, माछा र मासुमा आत्मनिर्भर बनाउने गरी निति तथा कार्यक्रम आएको छ । यो सकारात्मक पक्ष हो । कोशी प्रदेशमा औधोगिक प्रदर्शनी स्थल निर्माणकालागि सरकारले अध्ययन गर्ने निति तथा कार्यक्रम मार्फत सार्वजनिक गरिएको कुरा सकारात्मक छ । तर त्यसका लागि पुँजीगत सबै रकम खर्च हुनुप¥यो । अनि मात्र सरकारको निति तथा कार्यक्रमले लक्ष्य हासिल गर्न सक्ने राउतको भनाई छ ।