कोशी प्रदेश सरकारबाट जसपाका मन्त्री फिर्ता, पार्टीको निर्णयबारे पूर्वमन्त्री लिम्बु असन्तुष्ट

  • चिरफार डटकम, विराटनगर ८६०  पटक हेरिएको

बिहिबार, जेठ १८, २०८० समय : १४:५०:४६ , १ वर्ष अगाडि

कोशी प्रदेश सरकारबाट जनता समाजवादी पार्टी नेपालले आफ्ना मन्त्रीलाई फिर्ता बोलाएका छन् । सरकारबाट फिर्ता बोलाउने पार्टीको निर्णयबारे पूर्व स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बु असन्तुष्ट छ । जसपा नेपाल कोशी प्रदेश समितिले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरेर मन्त्री लिम्बुलाई राजिनामा गर्न लगाएका थिए ।
कोशी प्रदेश सरकारमा ४ महिनादेखि लिम्बु स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हाली रहेका थिए । पत्रकार सम्मेलनमा सहभागी हुनु अघि लिम्बुले मुख्यमन्त्री तथा मन्त्री परिषदको सचिवालयमा पुगेर राजिनामा पत्र बुझाएका थिए ।

पत्रकार सम्मेलनमा जसपा नेपाल कोशी प्रदेश समितिका अध्यक्ष दिपक याख्याले कोशी प्रदेश नामाकरण विरुद्धको आन्दोलनलाई उचाईमा पु¥याउन लिम्बुले राजिनामा दिएको बताए । कोशी प्रदेश सरकारबाट मन्त्री लिम्बुलाई राजिनामा गर्नुअघि पार्टीको केन्द्रिय समितिसँग समन्व्य र सहकार्य गरेको अध्यक्ष याख्याले बताए । तर पत्रकार सम्मेलनमा सहभागी पूर्व मन्त्री लिम्बुले आफु राजिनामा दिएपनि सरकार ढल्ने अवस्था नरहेकोले पार्टीको निर्णय पूर्वाग्रही रहेको बताए ।

जबसम्म नेकपा माओवादी केन्द्र सरकारबाट समर्थन फिर्ता लिइदैन तवसम्म कोशी प्रदेश सरकार ढल्दैन । कोशी प्रदेश नामाकरण विरुद्ध पहिचानवादीको आन्दोलन सुरुभएपछि मैले पार्टीको केन्द्रिय समितिका शिर्षनेताहरुसँग राजिनामा दिने कुरा गरेका थिए । तर पार्टीका शिर्षनेताहरुले मलाई राजिनामा गर्नबाट रोके । तर यतिखेर पार्टीको प्रदेश समितिले पूर्वाग्रही तरिकाबाट आफुलाई राजिनामा गर्न लागेको पूर्वमन्त्री लिम्बुले बताए ।

पार्टीका प्रदेश समितिका नेताहरुले आफुमाथि चरित्र हत्या गर्नेगरी गलत लान्छाना लगाएको पूर्वमन्त्री लिम्बुले बताए ।