- चिरफार डटकम, विराटनगर १०७८ पटक हेरिएको
शुक्रबार, जेठ ०५, २०८० समय : १७:३८:५४ , २ वर्ष अगाडि
विराटनगर स्थित श्री जैन स्वेताम्बर तेरापंथी सभा विराटनगर न्यास मण्डलको निर्वाचन स्थगन भएको छ । दशौं न्यास मण्डलकालागि जेष्ठ ६ गते शनिबार निर्वाचतको कार्यक्रम तय गरिएको थियो । तर निर्वाचनको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी परेको थियो ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप साहले श्री जैन स्वेताम्बर तेरापंथी सभा र श्री जैन स्वेताम्बर तेरापंथी सभा न्यास मण्डल बिच भएको सम्झौता कार्यान्वयन नभएकोले निर्वाचन स्थगन गराउन गरेको पत्रचारपछि निर्वाचन स्थगन गरिएको प्रमुख निर्वाचन आयूक्त पूनमकुमार गुप्ताले बताए ।
अर्को सूचना जारी नभएसम्म निर्वाचन स्थगन गरिएको गुप्ताले बताए । श्री जैन स्वेताम्बर तेरापंथी सभा न्यास मण्डलभित्र विभिन्न श्रेणीबाट ३९८ जना सदस्यहरु न्यास मण्डलकालागि मतदान गर्ने कार्यक्रम तय गरिएको थियो । न्यास मण्डलका अध्यक्ष सुरेश नौलखाले शनिबारको निर्वाचन स्थगन भएको र अर्को चुनाव गर्ने मिति तय भईनसकेको जानकारी गराए ।