- चिरफार डटकम, विराटनगर ४२३ पटक हेरिएको
सोमबार, जेठ ०१, २०८० समय : १६:४९:२१ , २ वर्ष अगाडि
कोशी प्रदेस सरकारका पर्यटन, वन तथा वातावरण मन्त्रालयले सोमबार विराटनगरमा ४० जना भारतीय पत्रकारलाई स्वागत तथा सम्मान गरेको छ । भारतको विहार राज्य स्थित प्रेस क्लब पूर्णियाको ४० जनाको पत्रकारहरुको टोली नेपाल घुम्न विराटनगर आइपुगेका छन् ।
पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव डा. संजीव राई, पर्यटन व्यवसायी भविष श्रेष्ठ, नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका अध्यक्ष लिलाबल्लभ घिमिरे र नेपाल पत्रकार महासंघ मोरङ शाखाका अध्यक्ष संजिव खनालले भारतीय पत्रकारको टोलीलाई विराटनगरमा स्वागत र सम्मान गरेको हो ।
प्रेस क्लब पुर्णियाका अध्यक्ष नन्दकिशोर सिंहको नेतृत्वमा ४० जना भारतीय पत्रकारको टोली नेपाल घुम्न आएका छन् । सोमबार विराटनगर आइपुगेको भारतीय पत्रकारको टोली धनकुटाको भेडेटार पुगेर मंगलबार भारत तर्फ फिर्ता हुने कार्यक्रम रहेको छ ।