उद्योग संगठन मोरङले ३ कर्मचारीलाई सम्मान गर्‍यो

  • चिरफार डटकम, विराटनगर ४३२  पटक हेरिएको

शुक्रबार, बैशाख २९, २०८० समय : १९:२७:५४ , २ वर्ष अगाडि

उद्योग संगठन मोरङले ३ जना कर्मचारीलाई सम्मान गरेको छ । संगठनले शुक्रबार विराटनगरमा आयोजना गरेको ५०औं वार्षिक साधारण सभामा महानिर्देशक चुडामणी भट्टराई, लेखा अधिकृत उपेन्द्रप्रसाद महतो र कार्यालय सहयोगी युवराज अधिकारीलाई सम्मान गरेको हो ।

संगठनका महानिर्देशक भट्टराईलाई कदर पत्रले सम्मान गरिएको छ भने लेखा अधिकृत महतो र कार्यालय सहयोगी अधिकारीलाई नगद सहित कदर पत्रले सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल र संगठनका अध्यक्ष सुयश प्याकुरेलले ३ नै जना कर्मचारीलाई नगद सहित कदर पत्रले सम्मान गरेका थिए ।

कार्यक्रममा सहभागि नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य तथा महासंघका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउत, नेपाल उद्योग वाणिज्य महासंघ संघका केन्द्रिय सदस्य तथा मोरङ व्यापार संघ विराटनगरका अध्यक्ष नविन रिजाल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अभिनाष बोहरा, नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका उपाध्यक्ष देवेन्द्र गुप्ता, विराट व्यापार संघ विराटनगरका अध्यक्ष नरेश खत्री, संगठनका सल्लाहकार सीए अश्विनी बंशल, संगठनका पूर्व अध्यक्ष वर्तमान कार्यकारिणी समितिका पदाधिकारी र कार्यकारिणी समितिका सदस्य देखि कार्यक्रममा सहभागी प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिहरुलाई मायाको चिनोको रुपमा कदर पत्र प्रदान गरिएको थियो ।