विराटनगरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउन सरकारलाई उद्योगी पारस लुनियाको सुझाव

  • चिरफार डटकम, विराटनगर ६२७  पटक हेरिएको

बिहिबार, बैशाख २८, २०८० समय : १७:५७:०१ , २ वर्ष अगाडि

युवा उद्यमी एवं पूर्व क्रिकेटर पारस लुनियाले विराटनगरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण गर्न सरकारलाई सुझाव दिएको छ । विराटनगरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशालाको निर्माण सँगसँगै विभिन्न स्थानमा साना साना क्रिकेट रंगशाला निर्माणकालागि सरकारलाई अगाडी बढ्न उद्योगी पारसको सुझाव छ । युवापुस्तालाई क्रिकेट तर्फ आकर्षण गराउँन विराटनगरमा साना साना क्रिकेट रंगशालाको आवश्यकता छ । कोशी प्रदेश सरकारले विभिन्न स्थानमा कम्तिमा १०/१० कठ्ठा जग्गा खरीद गरेर रंगशाला बनाउन अग्रसरता लिनुपर्छ । विराटनगरको निजी क्षेत्रले नेपाली राष्ट्रिय क्रिकेट टोलिलाई बुधबार विराटनगरमा भव्य नगरपरिक्रमा पछि साँझ सम्मान गरेको छ ।

नेपाली राष्ट्रय क्रिकेट टोलिलाई काठमाडौंबाट विराटनगरसम्म ल्याउने र विराटनगरमा भव्य सम्मान गर्ने मुख्य योजनाकार उद्योगी तथा पूर्व क्रिकेटर पारस लुनिया रहेका छन् । लुनियाले नेपाली राष्ट्रिय क्रिकेट टोलिलाई विराटनगरमा भव्य स्वागत र सम्मान गर्न विराटनगरको निजी क्षेत्रलाई एक ठाउँमा ल्याउने प्रयास गरेका थिए । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य तथा महासंघका कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, मोरङ व्यापार संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नविन रिजाल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य अविनाश बोहरा, उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले नेपाली राष्ट्रिय क्रिकेट टोलिलाई सम्मान गरेका थिए ।

उद्योग संगठन मोरङका कार्यकारिणी सदस्य तथा पूर्व क्रिकेट पारस लुनियाले नेपाली राष्ट्रिय क्रिकेट टोलिलाई सम्मान गरेका थिए । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी ३ बर्षभित्र विराटनगर महानगरपालिकाको वडा नं. १९ स्थित झापा बैजनाथपुरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउने उदघोष गरेका छन् ।

आगामी आर्थिक बर्ष २०८०/०८१ को लागि बजेट निर्माण गर्दा आगामी ३ बर्षभित्र बैजनाथपुरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणकालागि बजेट छुट्याउने बताए ।