रोटरी क्लब अफ विराटनगर डाउन–टाउनले आयोजना गर्‍यो साईबर सुरक्षा सम्बन्धी सचेतनामुलक कार्यक्रम

  • चिरफार डटकम, विराटनगर ४८२  पटक हेरिएको

बुधबार, बैशाख २७, २०८० समय : १२:१३:४६ , २ वर्ष अगाडि

रोटरी क्लब अफ विराटगनर डाउन–टाउनले युवा पुस्तालाई लक्षित गरेर साईबर सुरक्षा सम्बन्धी सचेतनामुलक कार्यक्रम आयोजना ग¥यो । क्लबले बुधबार मोरङ व्यापार संघ विराटनगरको सभा हलमा आयोजना गरेको साईबर सुरक्षा सम्बन्धी सचेतनामुलक कार्यक्रममा विराटनगरका ५ विद्यालयका ३ सय भन्दा बढि विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

विराटनगर स्थित अरनिको, डिएभी, डिपिएस, सेन्टजोसेफ र आर्दश माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो । कक्षा ८, ९, १० र ११ मा अध्ययनरत विद्यार्थीहरुलाई साईबर सुरक्षा सम्बन्धी जानकारी गराईएको क्लबका अध्यक्ष रेखा राठीले बताए ।

अध्यक्ष राठीले पछिल्लो समय युवा पुस्तामा साईबर अपराध सम्बन्धी घटनामा वृद्धि भईरहेकोले त्यसलाई रोकथाम तथा निमुल पार्नकोलागि साईबर सुरक्षा सम्बन्धी सचेतना मुलक कार्यक्रम आयोजना गरिएको बताए । काठमाण्डौंका साईबर सुरक्षा सम्बन्धी चर्चित अभिमुखि कर्ता डा. संविधान आचार्यले विद्यार्थीहरुलाई साईबर सुरक्षा सम्बन्धी प्रशिक्षण प्रदान गरेका थिए ।

कार्यक्रमा क्लबका अध्यक्ष रेखा राठी, पूर्व अध्यक्ष सन्तोष जैन, अर्चना शर्मा, रोटरी फाउण्डेसन कमिटी चेयर अनिता सारडा, बोर्ड मेम्बर पुनम राठी, मञ्जु अग्रवाल र संगिता सिंघानियाको सहभागिता रहेको थियो । सुगन्धा तोदीले कार्यक्रम संचालन गरेका थिए ।