आस्था नेपालका हुड्डा बुबा छोरा विराटनगर छोड्ने तयारीमा

  • ब्रह्मदेव यादव, विराटनगर २५८१  पटक हेरिएको

शुक्रबार, बैशाख २२, २०८० समय : १६:१३:३१ , २ वर्ष अगाडि

विराटनगर–७ रंगेली रोड स्थित आस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका संचालक गोपाल हुड्डा र उनका छोरा राजेश हुड्डा घर जग्गा विक्री गरेर विराटनगर छोड्ने तयारी गरिरहेका छन् । आस्था नेपालमा विराटनगरवासीको ६ करोड भन्दा बढि रुपैयाँ निक्षेपमा नै छ ।

पछिल्लो समय आर्थिक मन्दिको समस्या देखाएर हुड्डा बुबा छोरा बचत कर्ताको रकम फिर्ता गर्न आनाकानी गरिरहेका छन् । सानो बचत कर्ताहरुले आस्था नेपालबाट केही रकम फिर्ता पाईरहेको अवस्था छ । ठुला बचत कर्ताहरुको रकम फिर्ता गर्न हुड्डा बुबा छोरा समय सिमा माँग गरिरहेका छन् ।

ठुला बचत कर्ताले समय सिमा तोकेर बचत रकम फिर्ता नगरे कानुनी उपचार खोज्ने अल्टिमेटम दिएको छ । ठुला बचत कर्ताको रकम फिर्ता गर्न सक्ने अवस्थामा हुड्डा बुबा छोरा धरान बिराटनगर सडक खण्डको विराटनगर–७ स्थित सात घुम्ती मोडमा रहेको बहुमुल्य घर जग्गा विक्री गरेर विराटनगर छोड्ने तयारी गरिरहेको समाचार सुत्रले जानकारी गराएको छ ।

हुड्डा बुबा छोरा सात घुम्ती मोडको घर जग्गा विक्री गर्न सर्तनामा गरेर केही रकम बुझिसकेका छन् । मोरङ मालपोत कार्यालयमा घर जग्गा नामसारी हुनासाथ विराटनगर छोड्ने तयारी गरिरहेका छन् । आस्था नेपालका संचालक राजेश हुड्डाले घर जग्गा विक्री गर्न शर्तनामा गरेर केही रकम लिएको स्वीकार गरे । उनले विग्रिएको व्यवहार मिलान गर्न घर जग्गा विक्री गर्न लागेको बताए ।