विरेन्द्र साह कोशी प्रदेश सचिव

  • चिरफार डटकम, विराटनगर १६२५  पटक हेरिएको

बुधबार, बैशाख २०, २०८० समय : १६:४२:३४ , २ वर्ष अगाडि

राजनैतिक, सामाजिक अभियानता र पत्रकार विरेन्द्रकुमार साह, गिरिजाप्रसाद कोइराला फाउण्डेसनको कोशी प्रदेश समिति सचिव पदको जिम्मेवारी पाएको छ ।
फाउण्डेसनका केन्द्रिय अध्यक्ष तथा नेपाली कांग्रेसका महिला नेत्री एवम् पूर्व उपप्रधानमन्त्री सुजता कोइरालाले विज्ञप्ती जारी गरेर साहलाई २ बर्षकालागि कोशी प्रदेश समिति सचिव पदको जिम्मेवारी सुम्पिएको जानकारी गराएको छ ।

साहलाई आगामी दिनमा गिरिजाप्रसाद कोइराला फाउण्डेसन कोशी प्रदेश समितिको अध्यक्ष पदको जिम्मेवारी सम्हाल्ने बाटो खुलेको छ । साह नेपाली कांग्रेस मोरङ जिल्ला समितिका सदस्य हुन् । नेपाली कांग्रेस मोरङले यूवा पत्रकार साहलाई पार्टीको सञ्चार विभाग प्रमुखको जिम्मेवारी सुम्पिएको छ ।