- चिरफार डटकम, विराटनगर ५४७ पटक हेरिएको
सोमबार, बैशाख १८, २०८० समय : १६:३२:२३ , २ वर्ष अगाडि
जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी ट्रेड यूनियन महासंघ कोशी प्रदेश समितिले सोमबार विराटनगरमा मजदुर दिवस मनाएका छन् ।
महासंघको कोशी प्रदेश समितिले १३४औं मजदुर दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा कोशी प्रदेश सरकारका स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बु, सजपा नेपालका केन्द्रिय सदस्य सञ्जय सिंह, जसपा नेपालका केन्द्रिय सदस्य तथा कोशी प्रदेश सरकारका पूर्वस्वास्थय मन्त्री जयराम यादव, जसपा नेपालका केन्द्रिय सदस्य तथा समाजवादी ट्रेड यूनियन महासंघ केन्द्रिय समितिका सहइन्चार्ज जोगिलाल यादव, समाजवादी ट्रेड यूनियन कोशी प्रदेश समितिका अध्यक्ष मो. नसरुल, जसपा नेपालका केन्द्रिय सदस्य सदिना खातुन, जसपा नेपाल मोरङका उपाध्यक्ष मन्थलाल यादव, कोषाध्यक्ष विनिता सिंह र समाजवादी ट्रेड यूनियन महासंघ कोशी प्रदेश समितिका सचिव विकास मण्डलले मजदुरको हक हित र अधिकारको बारेमा धारणा व्यक्त गरेका थिए ।