- चिरफार डटकम, विराटनगर ३२३ पटक हेरिएको
सोमबार, बैशाख ११, २०८० समय : १५:३३:३५ , २ वर्ष अगाडि
कोशी प्रदेश नामाकरण विरुद्ध आन्दोलन छेडेको पहिचानवादी पक्षधर बिच अन्तरद्वन्द बढेर गएको छ । पहिचानवादी पक्षधर बिच शान्तिपूर्ण वा शसक्त आन्दोलन गर्ने विषयमा अन्तरद्वन्द देखिएको हो । संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन सहित किराँत पक्षधर शसक्त आन्दोलन गर्ने उद्देश्यका साथ तयारीमा जुटेको छ । पहिचानवादी पक्षधर नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपाल पक्षधर नेताहरु शान्तिपूण आन्दोलन गर्ने इच्छा व्यक्त गरिरहेका छन् ।
शसक्त आन्दोलन भयो र आन्दोलन उचाईमा पुग्यो भने त्यसको सबै जस किराँत लिम्बु पक्षधरले पाउँने र ठुला राजनैतिक दलमा बसेर पहाडी जिल्लामा राजनैतिक गरिरहेका नेताहरुको अस्तित्व समाप्त हुने डर छ । जसका कारण आन्दोलनकारी घटक बिच अन्तरद्वन्द बढ्दै गएको छ ।
कांग्रेस, एमाले र माओवादी मात्रै होइन जसपा नेपालले पनि पहिचान पक्षधर आन्दोलनकारीलाई पूर्ण रुपमा समर्थन गर्न चाहेको छैन । जसपा नेपालका नेताहरु पहिचान पक्षधर आन्दोलनमा सहभागि छ । तर पहिचान पक्षधर आन्दोलनमा पार्टीका नेता तथा कार्यकर्ताहरुलाई जुन रुपमा उतारने हो, त्यसरी नेता तथा कार्यकर्ताहरुलाई सडकमा उतारन सकिरहेको छैन ।
मधेशको राजनैतिकमा राम्रो पकड रहेको जसपा नेपालले पहिचानको पक्षमा खासै चासो देखाएको छैन । पहिचानवादीको आन्दोलनले सफलता प्राप्त गर्यो र कोशी प्रदेश पुनः नामाकरण भएर किराँत कोशी, लिम्बुवान कोशी प्रदेश नामाकरण भयो भने मधेसले केही पनि नपाउँने र मधेसी जनता उल्टै पार्टी सँग असन्तुष्ट हुने भएकोले जसपा नेपाल पहिचानको पक्षमा खुलेर लाग्न सकेको छैन । जसको कारण बैशाख ११ गतेदेखि कोशी प्रदेशको राजधानी विराटनगरमा गरिने भनिएको निरन्तर आन्दोलन स्थगन भएको छ ।