- चिरफार डटकम, विराटनगर ३९९ पटक हेरिएको
शुक्रबार, बैशाख ०८, २०८० समय : १४:०२:४५ , २ वर्ष अगाडि
कोशी प्रदेश नामाकरण विरुद्ध आन्दोलित पहिचानवादी पक्षले शनिबार विराटनगरमा मृत्तक पदम लिम्बुको शवलाई परिक्रमा गराउ कार्यक्रम तय गरेको छ । पहिचानवादी पक्षले चैत्र ५ गते विराटनगरमा गरेको शक्ति परिक्षणको क्रममा लिम्बु घाइते भएका थिए । र उनको धरान स्थित बिपि कोइराला स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा चैत्र १० गते निधन भएको थियो ।
पहिचानवादी पक्षले १ महिना पछि मृत्तक लिम्बुको शवलाई शक्ति परिक्षणकै रुपमा विराटनगरमा प्रर्दशन गर्ने गरिएको तयारी प्रति मोरङ प्रहरी उच्च शर्तक अवस्थामा छ । पहिचानवादी पक्षले बैशाख ९ गते शनिबार विराटनगरको रोडशेष चोकमा मृत्तक लिम्बुको शवलाई तेस्राएर सडकमै श्रद्धाञ्जली सभा गर्ने तयारी गरेको छ ।
बैशाख ११ गतेदेखि अनिश्चितकालिन विराटनगर केन्द्रित आन्दोलन गर्ने तयारीमा पहिचानवादी पक्ष जुटेको छ । कोशी प्रदेशको राजधानी विराटनगरमा रहेको मुख्यमन्त्रीदेखि मन्त्रि परिषदको कार्यालय र प्रदेश सभामा ताल्चाबन्दीदेखि कोशी प्रदेश लेखेको बोर्ड हटाउने पहिचानवादी पक्षको तयारी छ । कोशी प्रदेश सरकार कुनै पनि हालतमा ताल्चाबन्दी र बोर्ड हटाउन दिने पक्षमा छैन । र दुवै पक्ष बिच भिडन्त हुने सम्भावना बढेर गएको छ ।
पहिचानवादीले विराटनगरको आन्दालनलाई उग्र बनाउन पाहाडी जिल्लामा जङ्गलको रुख फडानी गरेर लठ्ठी बनाउने कार्य जारी राखेको छ । जुन लठ्ठीको फोटो सामाजिक संजालमा भाइरल बनेको छ । सरकार पहिचानवादी पक्षको आन्दोलनलाई सहज रुपमा नलिइ उच्च सर्तकता अपनाउने गरी सुरक्षा निकाय सँग नियमित बैठक जारी राखेको छ ।
मोरङ प्रहरीका प्रमुख एसपी दिपक पोखरेलले पहिचानवादी पक्षधरले ११ गतेदेखि विराटनगरमा गर्ने अनिश्चितकालीन आन्दोलनको बारेमा मोरङ प्रहरी जानकार रहेको र जनताको जिउधन सुरक्षाकोलागि उच्च शर्तकता अपनाएको बताए ।