चार जना उद्यमीलाई नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको सम्मान

  • चिरफार डटकम, विराटनगर ९७९  पटक हेरिएको

बुधबार, चैत्र २९, २०७९ समय : १५:४०:२३ , २ वर्ष अगाडि

नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले ४ जना उद्यमीलाई सम्मान गरेको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले बुधबार विराटनगरमा आयोजना गरेको २४औं वार्षिक साधारण सभा तथा महिला उद्यम समितिको २०औं वार्षिक साधारण सभामा नरेशकुमार खत्री, तुलसी ढकाल, सायदा तवस्सुम र यमुना पोखरेललाई सम्मान गरेको हो ।

सम्मानित उद्यमी नरेशकुमार खत्री विराट व्यापार संघ विराटनगरका अध्यक्ष हुन् । र उनको विराटनगर–५ स्थित चामुण्डा गार्मेन्ट उद्योग संचालनमा रहेको छ । नेपालमै उत्पादन गरेको सामान नेपालमै विक्री वितरण गर्ने चामुण्डा गार्मेन्ट उद्योगले १ सय भन्दा बढि व्यक्तिलाई रोजगार उपलब्ध गराएको छ ।

जसको कारण उद्योगका संचालक तथा विराट व्यापार संघका अध्यक्ष खत्रीलाई महासंघले सम्मान गरेको हो । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की, कोशी प्रदेश सरकारकै उद्योग, कृषि तथा सहकारी मन्त्री भक्ति सिटौला, नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतनाथ निरौला र नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यम समिति मोरङका अध्यक्ष सुनिता छाराङ्गले ४ जना उद्यमीलाई सम्मान गरेका थिए ।